Friday, January 22, 2021
Home > mophosala > म निर्मला लेखेकाे कालाे पट्टि बाँधेर राष्ट्रपति निवास अगाडि प्रदर्सन केहि पक्राउ

म निर्मला लेखेकाे कालाे पट्टि बाँधेर राष्ट्रपति निवास अगाडि प्रदर्सन केहि पक्राउ

काठमाडौं । निर्मला पन्तको लागि न्याय माग्दै राष्ट्रपति निवास महाराजगञ्ज अगाडि प्रदर्शन गरिएको छ । निर्मलाका निम्ती न्याय अभियानका अभियान कर्ताहरुले राष्ट्रपति निवास अगाडि म निर्मला लेखिएको पट्टी आँखामा बाँधेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको अभियान कर्ता प्रितम सुवेदीले जानकारी दिए । उनका अनुसार प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई महाराजगञ्ज प्रहरी वृत्तमा लगिएको छ ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै देशव्यापी रुपमा दबाव कार्यक्रम गरिँदै आएको छ ।

हेर्नुस फाेटाे सहित

Leave a Reply