Saturday, January 16, 2021
Home > mophosala > रंगकर्मी तथा अभिनेत्री सृजना सुब्बाले मंसिरकाे सार्इतमा बजार्इन पन्चेबाजा

रंगकर्मी तथा अभिनेत्री सृजना सुब्बाले मंसिरकाे सार्इतमा बजार्इन पन्चेबाजा

काठमाडौं। रंगकर्मी तथा अभिनेत्री सृजना सुब्बा बैवाहिक जीवनमा बाँधिएकी छन्। उनले बुधबार पदम लिम्बुसँग लगनगाँठो कसेकी हुन्। बैबाहिक समारोह मोरङको उर्लावारीमा आयोजना गरिएको थियो ।

लिम्बू संस्कार अनुसार उनले पदमसँग लगनगाँठो कसेकी हुन् । केही वर्षयता अफेयर्समा रहेका सिर्जना र पदमबीच विवाहका केही तस्बिर सामाजिक सञ्जाल फेसबुकबाट बाहिरिए पछि बिबाहको सार्वजनिक भएको हो ।

करिब दशक बढी समयदेखि रंगमञ्चको क्षेत्रमा क्रियाशील अभिनेत्री सिर्जनाले केही नेपाली फिल्ममा पनि अभिनय गरेकी छन् । पछिल्लो समय अनामनगरस्थित मण्डला थियटरमा आवद्ध रहेर नेपाली रंगमञ्चमा सक्रिय रहँदै आएकी सिर्जनाले नेपालीलगायत दर्जनौँ लिम्बू भाषाको गीत तथा फिल्महरुमा अभिनय गरेकी छन् । पदम निर्देशक नविन सुब्बाका भाई हुन् । पदम पनि फिल्म क्षेत्रसँग आवद्ध छन् ।

Leave a Reply