Friday, January 15, 2021
Home > mophosala > नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेला धादिङमा सम्पन्न

नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेला धादिङमा सम्पन्न

धादिङ । नपाली कांग्रेस देशभरका कोषाध्यक्षहरु एक ठाउमा भेला भई बिभिन्न समसामयिक विसय र विधान संसोधन सम्बन्धि विविध छलफल गर्दै १८ बुदे धोषणा पत्र सहित सम्पन्न भयको छ।

विधान संसोधन सम्बन्धि१३बुदेे र सरकारको लाचारिपन र समसामयिक विषयमा ५ बुदा गरि विभिन्न सुझाबहरु सहित १८ बुदे धोषणा पत्र जारि गरेको थियो।

कोषाध्यक्षहरुको रास्टिय समितिका महासचिव लक्ष्मी पान्डेेेेका अनुसार देशभरका ५६ जिल्लाका कोषाध्यक्ष हरु भेेलामा उपस्थित रहेको र के जिल्लाका साथिहरु विविध कारणले उपस्थित हुन नसकेको जानकारि दिईन

उक्त कार्यक्रम २०७५ साल मंसिर १४ र १५ गते धादिङको घाटबेसीमा भेलाभई पाटिको अागामि महाधिवेशन बिधान संसोधन मा अाधारित रहेर पाटिलाई कसरि सुुद्रिढ र मजबुद बनायर लैजाने साथै देशभरका कोषाध्यक्षहरुले तेस विसयमा निभाउने सबै प्रकारका गतिविधि संन्चालन गर्न र पार्टिलाई हरहमेसा साथ दिन तयार रहेको वताउदै सम्पन्न गरेका हुन।

कोषाध्यक्षहरुको रास्टिय समितिका महासचिव लक्ष्मी पान्डेले दियको जानकारि अनुसार निकट भविस्य अर्थात २०७५ साल भित्र नै फेरि पोखरामा पुन भेला हुने समेत संकेत दिईन।

जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेलाबाट पारित देशको समसामयिक राजनीति र सरकारका गतिविधि पार्टीको आगामी महासमितिको बैठकबाट संशोधन हुने विधानको सम्बन्धमा गरिएका सुझावहरु निम्नानुसार छन :-

१. लोकतान्त्रिक संस्कार र विधि विपरित न्याय पालिका लगायतका विभिन्न व्यवसायिक क्षेत्रमाथि गरिएको हस्तक्षेप र दण्डहीनताको अन्त्यका निम्ति आवाज बुलन्द बनाउने छ ।

२. जनताको दैनिक उपभोग्य वस्तुहरु माथि गरिएको मूल्यवृद्धि, कालोबजारी र सरकारी संयन्त्रद्वारा नै जनता ठग्ने प्रवृतिको घोर भत्र्सना गर्दछ ।

३. अघिल्ला सरकारका निर्णयलाई समेत ख्याल नगरी सबैकाम आफैले गरेझै गरी व्याख्या गर्ने र नारामात्र निर्माण गरी जनतालाई दिक्क पार्ने कामको अन्त्य गरि मूलुकलाई विकास र समृद्धिको नारा मात्र होईन व्यवहारमा देखिने काम गर्न सरकारलाई आग्रह गर्दछ ।

४. दुई तिहाई बहुमतको दम्भका कारण हत्या, हिम्सा, बलात्कार जस्ता जघन्य अपराधले बढवा पाउने खालका अधिनायकवाद उन्मुख सरकारी गतिविधि तत्काल रोकि कानुन, विधि, मानवअधिकार र सुशासनका क्षेत्रमा देखिने काम गर्न आग्रह गर्दछ ।

५. सरकारले उत्पादनमुखी क्षेत्रमा लगानी नगरी राज्यको ढुकुटी दुरुपयोग गरिरहेकोमा आपत्ति एवं विरोध गर्दछ ।

विधान संशोधनका सम्बन्धमा
६. पार्टीको को¬ संकलन र संचालनलाई थप व्यवस्थित र पारदर्शी बनाई पार्टीको सबै तहमा आपतकालिन को¬ स्थापना गरि लेबि रकमको ३०% को¬मा राख्ने ब्यवस्था गर्नु पर्दछ ।

७. नेपाली कांग्रेसले व्यापक रुपमा सदस्यता विवरण गर्ने र सदस्यता प्राप्त गरेको व्यक्ति निरन्तर क्रियाशील रहेको प्रमाण सहित आवेदन दिएपछि क्रियाशील सदस्यता प्रदान गर्ने पारदर्शी व्यवस्थाको प्रारम्भ गर्नु पर्दछ ।

८. पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरु र अनुशासन समिति निर्वाचनद्वारा नै चुनिने व्यवस्था हुनुपर्दछ साथै जिल्ला कार्यसमितिका पदाधिकारीहरु पदेन महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हुनुपर्दछ ।

९. केन्द्रीय सभापति, पदाधिकारी, सदस्य, सांसद, सांसदका उमेदवारहरु सबै वडा तह देखि नै निर्वाचित भएर आउने व्यवस्थालाई स्थापित गर्न पार्टीलाई आग्रह गर्दछ ।

१०. केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्य संख्यामा केही वृद्धि गर्ने व्यवस्था गर्नुपर्दछ ।

११. सबै तहमा समानुपातिक प्रतिनिधित्व गराउँदा एक व्यक्तिलाई एक पटक मात्र अवसर दिने व्यवस्था गर्नुका साथै जनसंख्याको आधारमा मदेशमा पहाडियालाई र पहाडमा मदेशीलाई पार्टीका सबै पदाधिकारी देखि सदस्य सम्म समानुपातिक प्रतिनिधित्व गराउनु पर्दछ ।

१२. विधानको पालना नगर्ने सबै तहका पदीय दायित्वमा रहेका व्यक्तिहरुलाई स्वतः कारवाहि हुने र असक्षम घो¬णा गर्ने स्पष्ट व्यवस्था हुनुपर्दछ ।

१३. पार्टी सभापतिज्यूले नेपाली कांग्रेस को¬ाध्यक्षहरुको दोस्रो राष्ट्रिय सम्मेलनमा निर्वाचित जिल्ला पदाधिकारीहरुलाई महासमितिको बैठकमा सहभागि गराउने भनि गर्नुभएको प्रतिवद्धतालाई कार्यान्वयन गर्न माग गर्दै पहिलो र दोस्रो राष्ट्रिय सम्मेलनले गरेका निर्णयहरु अबिलम्व कार्यान्वयन गर्नुपर्दछ ।

१४. कोषाध्यक्षहरुको चौथो सम्मेलन पोखरामा २०७५ साल भित्रमा सम्पन्न गर्ने निर्णय गर्दछ ।

१५. २०७५ मंसिर १२ र १३ गते नुवाकोटमा सम्पन्न जिल्ला सभापतिहरुको भेलाले गरेको निर्णयको स्वागत र समर्थन गर्दछ ।

१६. स्थानीय निर्वाचनमा गाउँपालिका तथा नगरपालिका सम्मको उमेदवार चयन गर्ने जिम्मा सम्बन्धित जिल्ला समितिलाई दिनु पर्दछ ।

१७. उपमहानगर, महानगर र जिल्ला समन्वय समितिको उमेदवार चयन गर्ने अधिकार प्रदेश समितिलाई दिनुपर्दछ ।

१८. वडा, गाउँ, नगर, प्रदेश क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्लाका पदाधिकारीहरुको राष्ट्रिय सञ्जाल बनाउने व्यवस्था हुनुपर्दछ । जय नेपाल

अध्यक्ष

गोविन्द पुडासैनी

Leave a Reply