Wednesday, January 27, 2021
Home > mophosala > वर्तमान सरकारको रबैया बिरुद्ध नेपाल तरूणदलले ७७ जिल्लामै ज्ञापन पत्र बुझाउने

वर्तमान सरकारको रबैया बिरुद्ध नेपाल तरूणदलले ७७ जिल्लामै ज्ञापन पत्र बुझाउने

काठमाडौं । वर्तमान सरकारको रबैया बिरुद्ध नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दलले देशभर विरोध प्रर्दशन गर्ने भएको छ । तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीले आज एक विज्ञप्ति जारी गर्दै देशभरका आम कार्यकर्तालाई सरकारको विरुद्धमा शशक्त प्रतिकारका लागि सडकमा ओर्लन आग्रह गरेका हुन् ।

विज्ञप्ती मार्फत दलले प्रत्येक जिल्ला नेतृत्वलाई मंसिर १७ गते जिल्ला प्रशासन कार्यालयमा सकारको विरुद्धमा र्याली सहित ज्ञापन पत्र बुझाउन पनि आग्रह गरेको छ ।

महासचिव शाहीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको दैनिकमाथि नै दोहन गर्न लागेको दावी गरेका छन् । त्यसैको विरुद्धमा मंसिर १७ गते प्रत्येक जिल्ला प्रशासन कार्यालयमा तरुण दलले ज्ञापन पत्र समेत बुझाउँन लागेको उनले जनाए ।

वाईड वडी विमान खरिद प्रकरणमा भएको अकुत भ्रष्टाचार छिटो भन्दा छिटो छानविन गरि सार्वजनिक गर्न, बढ्दो अनियमितता, निर्मला पन्तको हत्यारालाई तत्काल पक्राउ गरी कारवाही गर्न र मुल्य वृद्धि नियन्त्रणको माग राख्दै तरुण दल देशभर एक चोटी सडकमा आउन लागेको शाहीले बताए ।

विज्ञप्ति

Leave a Reply