Monday, January 18, 2021
Home > mophosala > नेपाल विधुत प्राधिकरणका दुई कमनिष्ट घटक युनियनहरुले एकताको घोषणा गरे

नेपाल विधुत प्राधिकरणका दुई कमनिष्ट घटक युनियनहरुले एकताको घोषणा गरे

काठमान्डौ। नेपाल विद्युत प्राधिकरणमा सक्रिया दुई वामपन्थी ट्रेड युनियन बीच एकीकरण भएको छ ।प्राधिकरण कर्मचारी युनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठन (संयुक्त) बीच एकीकरण भएकाे हाे ।

प्राधिकरणमा शुक्रबार विशेष कार्यक्रम गरेर दुई युनियनले एकीरण घोषणा गरेका हुन् । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन रहने गरि संयुक्त नाम राखिएको छ । यसअघि कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेल नव गठित संगठनको संयोजक र नेराकसका अक्ष्यक्ष खगेन्द्र शाहीलाई सह–संयोजक तोकिएको छ ।

उक्त कार्यक्रममा जलस्रोत उर्जा तथा सिचाई मन्त्री वर्षमान पुन को प्रमुख अाथित्य र रामेश्वर पौडेलको अध्यक्षता साथै प्राधिकरणका कार्यकारि निर्देशक कुलमान धिसिङ विसेस अथिति लगायतका अन्य अथितिको उपस्थितिमा एकता धोषणा गरपयको थियो।

कार्यक्रममा बोल्दै नेराकसका अध्यक्ष शाहीले खरायो र कछुवाको दौडको कथा सुनाउदै दुवै संगठन वलियो रुपमा एकैसाथ अगाढिबढ्ने प्रतिबद्धता समेत जनाय साथै उनले थपे कर्मचारि संथा र उपभोक्तालाई कांधमा राखेर उर्जा क्षेत्रलाई व्यापकरुपमा अगाढि बढाउन युनियन लागि परेको र अझै जुजारु रुपमा लाग्ने धोसणा समेत गरे। 

महाधिवेशनपछि ३५ सदस्यीय कार्यसमिति रहने गरी अहिलेलाई १ सय ४९ जनाको आयोजक समिति बनाइएको संयोजक पौडेलले बताए ।

प्राधिकरणको सुदृढिकरणका लागि व्याप्त असमानता, विभेदलगात विकृति तथा विसंगति विरुद्ध आवाज उठाउन दुई युनियनबीच एकता भएको पनि पौडेलले बताए ।

तत्कालीन एमाले निकट कर्मचारी युनियन २०४७ र माओवादी निकट राष्ट्रिय कर्मचारी संगठन २०६४ सालमा गठन गरिएकाे थियाे ।

एमाले र एकिकृत नेकपा र माअाेवादीबीच पार्टी एकीकरणको एक वर्षपछि दुई ट्रेड युनियनकाे एकता भएको हो । एकीरणपछि अब प्राधिकरणमा सक्रिय युनियनको संख्या ३ भएको छ ।

Leave a Reply