काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताएका छन्। उनले कम्युनिष्ट नामको अधिनायकवाद खतम गर्न अन्तिम लडाइ लड्नु पर्ने अवस्था आएको बताए।
कांग्रेसको राजनीतिक प्रस्ताव मस्यौदा, सुझाव संकलनका लागि भैरहवामा बिहीबार आयोजित प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा देउवाले आफ्ना कार्यकर्ताहरुलाई नेकपाको विरोध गर्न निर्देशन समेत दिए। ‘उनीहरुकै नेताहरुले विरोध गर्न थाले हामीले किन नगर्ने,’उनले भने।
सभापति देउवाले अहिलेको सरकार कर मात्र बढाउन उद्दत भएकाले प्रधानमन्त्रीको नाम केपी शर्मा ओली नभई कर प्रसाद शर्मा ओली हुने जिकिर समेत गरे। उनले सरकारले निर्मला हत्याकाण्डका आरोपीहरुलाई बचाउन खोजेको पनि बताए।