Monday, January 18, 2021
Home > special_four > राजदूतको संसदीय सुनुवाइ प्रक्रिया बुधवारबाट सुरु गरिने

राजदूतको संसदीय सुनुवाइ प्रक्रिया बुधवारबाट सुरु गरिने

काठमाडौं । विभिन्न चार देशका लागि सिफारिस राजदूतको संसदीय सुनुवाइ प्रक्रियाका लागि संसदीय सुनुवाइ विशेष समितिले बुधबारका लागि प्रारम्भिक बैठक आह्वान गरेको छ ।

बैठकबाट प्रस्तावित राजदूतहरूविरुद्ध उजुरी आह्वान हुने समितिका सदस्यहरूले बताएका छन् । गएको कात्तिक २५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार चार देशका राजदूतको सुनुवाइ प्रक्रिया अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समितिलाई पत्राचार गरेको थियो ।

संसदीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले भोलिको समितिको प्रारम्भिक बैठकबाट सुनुवाइको प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो । नेपालको संविधानको धारा २९२ अनुसार नियुक्तिपूर्व राजदूतहरूको संसदीय सुनुवाइ हुने व्यवस्था छ । सुनुवाइ समितिले सिफारिस अनुमोदन गरेमा नियुक्तिको प्रक्रिया अघि बढ्नेछ । समितिको दुई तिहाइले प्रस्तावित व्यक्तिलाई अस्वीकृत गर्न सक्नेछ ।

मन्त्रिपरिषद्ले भारतका लागि पूर्वमन्त्रीसमेत रहनुभएका नीलाम्बर आचार्यलाई सिफारिस गरेको छ । आचार्यलाई अफगानिस्तान र भुटानको गैरआवसीय राजदूतका रूपमा समेत काम गर्ने गरी सिफारिस गरिएको हो । साउदी अरेवियाका पूर्वराजदूत रहनुभएका उदयराज पाण्डेलाई मलेसियाको राजदूतमा सिफारिस गरिएको हो । पाण्डेलाई इन्डोनोसियाको गैरआवसीय राजदूतको पनि जिम्मेवारी दिइएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललाई यूएईका लागि राजदूतमा सिफारिस गरेको छ ।

इजरायलका लागि आवसीय र साइप्रसमा गैरआवसीय राजदूतको जिम्मेवारीमा रहनुभएका निरञ्जनकुमार थापालाई फिर्ता बोलाउँदै सरकारले नयाँ राजदूत सिफारिस गरेको छ । सरकारले थापाको स्थानमा डा। अञ्जान शाक्यलाई सिफारिस गरेको छ । समितिले सुनुवाइ प्रक्रिया सुरु गरेको ४५ दिनभित्र स्वीकृत वा अस्वीकृतसम्बन्धी जानकारी सिफारिस गर्ने निकायलाई दिनुपर्ने कार्यविधिमा व्यवस्था छ ।

Leave a Reply