काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमतिको बैठक आज पनि बस्दै छ । हिजो बस्ने भनिएको बैठक सूरु हुनसाथ स्थगित भएको थियो । दिउँसो २ बजेपछि बस्ने आजको बैठकले नेपाल विद्यार्थी सङ्घको विगत लामो समयदेखिको विवाद टुंग्याउने प्रवक्ता विश्वप्रकाश शर्माले देशान्तरलाई जानकारी दिनुभयो ।
नेविसङ्घको केन्द्रीय कार्यसमितिको समयावधि आज बेलुका सकिँदै छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले विकल्पका रुपमा अर्को समिति निर्माण गर्ने वा अहिलेकै समितिलाई नै महाधिवेशनसम्म जाने गरी समय बढाएर जाने भन्नेबारेमा आजको बैठकले निर्णय लिनेछ ।
बैठक सूरु हुनुभन्दा अगाडि नेविसङ्घको महाधिवेशन सम्बन्धमा पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा गठित समितिले विधान परिमार्जनका लागि तयार पारिएको धारणा माथि छलफल हुने कांग्रेसले जनाएको छ ।