Wednesday, January 20, 2021
Home > mophosala > शिक्षाका लागी विश्व सम्मेलन अाजबाट सुरू

शिक्षाका लागी विश्व सम्मेलन अाजबाट सुरू

काठमाडौं । शिक्षाका लागि विश्वव्यापी अभियान (जिसिइ) को छैटौँ विश्व सम्मेलनका लागि विश्वभरका २५० नागरिक समाजका प्रतिनिधि काठमाडौँमा भेला भएका छन् ।

न्याय समानता र समावेशीताका लागि सार्वजनिक शिक्षा प्रणालीमा रुपान्तरण विषयको मुख्य शीर्षक राखिएको सम्मेलन शुक्रबार काठमाडौंमा हुन लागेको हो।सम्मेलनमा करीब १०० मुलुकका सहभागी हुनेछन। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उद्घाटन गर्ने सम्मेलनमा संयुक्त राष्ट्र सङ्घका उपमहासचिव अमिना जे मोहम्मदले कार्यपत्र प्रस्तुत गर्नेछन।

सम्मेलनमा नागरिक समाजका प्रतिनिधि, शिक्षा अभियानकर्मी, युवा वकालतकर्ता भेला भई सार्वजनिक शिक्षाको रुपान्तरण र गुणस्तर सुधारका लागि भावी योजना तय गर्ने कार्यक्रम रहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सन् १९९९ मा सेनेगलको डकारमा भएको विश्व शिक्षा मञ्चको सम्मेलनपछि अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रियरुपमा सबैका लागि शिक्षा अभियानको थालनी भएको र छैटौँ सम्मेलनले शिक्षाका नीतिगत परिवर्तनका लागि खाका तयार गर्नेछ ।

संयुक्त राष्ट्रसङ्घले पारित गरेको सन् २०३० सम्मको दिगो विकास लक्ष्यलाई पछ्याउँदै शैक्षिक सुधारका लागि सम्मेलनमा छलफल हुने जिसिइका अध्यक्ष क्यामिला क्रोसेले बताए ।

Leave a Reply