Sunday, January 24, 2021
Home > mophosala > दुई साताको वेलायत बसाई पछि नेपाल फर्कदै तरुण महासचिव शाही

दुई साताको वेलायत बसाई पछि नेपाल फर्कदै तरुण महासचिव शाही

दुईसाता लामो राजनैतिक तथा कुटनितिक भेटघाट सकेर आज राति नेपालि समय अनुसार ७:३० बजे राति तरुण दल महासचिव भुपेन्द्र जंग शाही स्वदेश फर्कने उनिनिकट स्रोतले जनायको छ।

नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा तरुण दल वेलायत जनसम्पर्क समितिको निम्तोमा शाही तेस तर्फ लागेका थिय। जनसम्पर्क का भिभिन्न कार्यक्रम संग संगै वेलायतका बिभिन्न कुटनितिक नियोग र राजनितिक प्रमुखहरु संग भेटवार्ता समेत गरेका थिय।

भेटकाक्रममा नेपालको भौगोलिक,सांक्रितिक, राजनैतिक, आर्थिक,सामाजिक तथा वर्तमान अबस्थाको वारेमा विभिन्न छलफल तथा दुई देश बिचको ऐतिहांसिक सम्बन्धलाई अंझ सुद्रिढ गर्दै लैजानु पर्ने र विसेस गरि यूवा सरोकार का विषयमा महत्वपूण वहस र छलफल गरेको स्रोत ले जनायो।

शाही मुखैमा अायको हिन्दुहरुको महत्वपुण चाढ दिपावलिलाई अाँखा र मनमा सजाउदै स्वदेशमै मनाउने ईच्छा हुदाहुंदै पनि निम्तोलाई स्वीकार गर्नै पर्ने बाध्यता र देश र तमाम वेरोजगार यूवाका खातिर कुनै न कुनै उपलब्धि गर्न सकिन्छ भन्ने चेस्टाका हेतु तेस तर्फ लाग्नु भयको हो।

६ कक्षाको पढाई संग संगै ने वि संघको राजनितिमा लागेका शाही स्कुल कमिटि जिल्ला कमिटि हुदै केन्द्रिय कमिटि सदस्य र उपाअध्यक्ष समेत भयका थिय।

तरुण दलका ढुक ढुकि बन्दै अायका शाहीको नेपाली कांग्रेस पार्टि भित्रपनि ठुलो योगदान र भुमिका रहदै अायको छ।शाही २०७० सालको संविधान सभा र हालै सम्पन्न प्रतिनिधि सभा सदस्यमा कालिकोटबाट कांग्रेसका उम्मेदवार रहेका थिय साथै कांग्रेस महासमिति सदस्य समेत हुन।

Leave a Reply