Saturday, January 16, 2021
Home > mophosala > सद्भाव र एकता विना लाेकतन्त्र सम्भव छैन ; देउवा

सद्भाव र एकता विना लाेकतन्त्र सम्भव छैन ; देउवा

काठमाडौँ ।  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले छठ पर्व का अवसरमा सम्पूर्ण तराईवासी दाजुभाइ तथा दिदीबहिनीमा सुख शान्ति समृद्धि र सफलताको शुभकामना व्यक्त गरेका छन।

तराई क्षेत्रमा बसोबास गर्ने नेपालीले अति श्रद्वाका साथ सूर्य भगवान्को आराधना गरेर मनाउने महत्वपूर्ण र पवित्र ‘छठ पर्व’को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सबै चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन।मुलुकलाई शान्त र समुन्नत नेपालमा रुपान्तरण गर्न आज हामी प्रत्येक नेपालीको काँधमा थप जिम्मेवारी आएको छ।

लोकतान्त्रिक पद्धतिमा मात्र सबै धर्मको संरक्षण हुने भएकाले लोकतन्त्रको सम्वर्धन र संरक्षणमा सबैको सहयोग सद्भाव र एकता आवश्यक रहेको छ। उनको शुभकामना सन्देशमा भनिएको छ। छठजस्तो पवित्र धार्मिक पर्वले देश र जनताप्रतिको यो जिम्मेवारी बहन गर्न सबैलाई प्रेरणा मिलोस ।

Leave a Reply