Tuesday, July 14, 2020

Home > special_two (Page 91)

निर्वाचन अगाडि नै सडक र पुल मर्मत होस् : निर्वाचन आयोग

काठमाडौँ, ७ भदौ । निर्वाचन आयोगले प्रदेश नं २ मा असोज २ गतेका लागि तय स्थानीय तहको निर्वाचन कार्यक्रम शुरु हुनुअघि नै त्यस क्षेत्रमा कायम भएका मतदान केन्द्रसम्म पुग्ने सडक र पुलको मर्मत गरिसक्न सरकारसँग आग्रह गरेको छ । आयोगका पदाधिकारीले केही दिनअघि त्यस क्षेत्रमा गर्नुभएको निरीक्षण भ्रमणका क्रममा देखिएको

Read More

जम्बो मन्त्रिमण्डल, राज्यमन्त्रीहरुको शपथ

काठमाडौँ, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त १५ राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित समारोहमा नेपाली काँग्रेसका १२ र नेपाल लोकतान्त्रिक फोरमका तीन राज्यमन्त्रीलाई शपथ गराउनुभएको हो । नवनियुक्त राज्यमन्त्रीहरुमा सीता गुरुङ भौतिक पूर्वाधार तथा यातायात, सरिता प्रसाईं कृषि विकास शेषनाथ अधिकारी

Read More

अठारहजारभन्दा बढी मतदाता थपिए

वालिङ ९स्याङ्जा०, ६ भदौ । निर्वाचन आयोगले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलनमा स्याङ्जामा १८ हजार ६७६ जनाले नाम लेखाएका छन् । जिल्ला निर्वाचन कार्यालय, स्याङ्जाका अनुसार नाम दर्ता गराउनेमा नौ हजार ५८८ पुरुष र नौ हजार ८८ महिला गरी कूल १८ हजार ६७६ जना छन् । प्रदेश र संघीय संसद्को निर्वाचनका

Read More

मङ्सिर ४ र २१ मा प्रदेश र केन्द्रको निर्वाचन गर्न सुझाव

काठमाडौँ, २ भदौ । एकै पटकमा संघीय संसद् र प्रदेशसभाको निर्वाचन गर्न सहमत प्रमुख तीन दललाई निर्वाचन आयोगले ती निर्वाचन दुई मितिमा गर्न सुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको तीन दलका शीर्ष नेता र आयोगका पदाधिकारीसहितको बैठकमा मतपत्र छाप्न नभ्याउने कारणले हिउँ पर्ने जिल्लामा आगामी मंसिर

Read More

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुर, १ भदौ । मध्यपुरथिमि चारदोबाटोमा आज ना ५च ५९५९ नंको टिपरले बा ८४ प ९७७२ नंको स्कुटरलाई अपराह्न ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौँबाट तीव्र गतिमा भक्तपुरतर्फ आइरहेको टिपरले सोही दिशातर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक चाँगुनारायण नगरपालिका– १ सरस्वतीखेल बस्ने ५० वर्षीय रञ्जन

Read More

प्रधानमन्त्री देउवासँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग प्रदेशसभा तथा प्रतिनिधिसभा दुबै निर्वाचन एकैपटक गर्न सकिन्छ कि सकिँदैन भनी चासो व्यक्त गर्नुभएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादव र निर्वाचन आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाएर त्यस

Read More

काँग्रेसले बाढी पीडितको राहतमा भ्रातृ संस्थालाई प्रभावकारी परिचालन गर्ने

काठमाडौँ, ३१ साउन । नेपाली काँग्रेसले बाढी पहिरोको विपद्मा परेका व्यक्तिको उद्धार तथा राहत वितरणमा पार्टीका सबै भ्रातृ संस्था तथा शुभेच्छुकलाई प्रभावकारी ढंगले परिचालन गर्ने भएको छ । बाढी पहिरोपीडितको राहत तथा उद्धारमा पार्टीलाई कसरी सक्रिय ढंगले परिचालन गर्ने भन्नेबारे काँग्रेसले आज ती संस्थाका अध्यक्ष तथा प्रतिनिधिसँग छलफल गरेको हो

Read More

तराईमा बाढीको बबण्डर हालसम्म ९१ जनाको मृत्यु

काठमाडौँ, ३० साउन । गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा हालसम्म ९१ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा बाढीपहिरो र डुबानमा परेर २५ घाइते, ३८ जना बेपत्ता र दुई हजार ८४७ घर पूर्ण क्षति भएको उल्लेख गरिएको छ । देशका

Read More

बाढीबाट मोरङमा १८ जनाको मृत्यु

विराटनगर, ३० साउन । अविरल वर्षासँगै आएको बाढीमा परी मोरङमा हालसम्म १८ जनाको मृत्यु भएको छ । आजसम्ममा १८ जनाको मृत शरीर भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिनुभयो । उहाँले आज मात्रै १२ जनाको शव भेटिएको पनि जानकारी दिनुभयो । उहाँका अनुसार मृतकमध्ये १४ जनाको

Read More

प्रधानमन्त्रीको भ्रमणमा विगतका सहमति कार्यान्वयनलाई प्राथमिकता दिइने : राजदूत उपाध्याय

काठमाडौँ, २८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी भारत भ्रमणका अवसरमा विगतमा भएका सहमति र सम्झौता कार्यान्वयनको विषयलाई प्राथमिकताका साथ उठाइने भएको छ । ललितपुरमा आज आयोजित साक्षात्कारमा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले भन्नुभयो, “विगतमा भएका सहमति र समझदारी कुन अवस्थामा रहेका छन् त्यो हेर्ने, पुनरावलोकन गर्ने तथा हुन

Read More