Monday, October 26, 2020

Home > साहित्य (Page 2)

केशवबिक्रम सिंहको कविता “भूजिखोला”

।।भूजिखोला।। केशवबिक्रम सिंह न टेक्ने ठाउँ रह्यो, न रह्यो समाउने डाली। न बग्न सकें सँगै, तिम्रो यो नासो फाली।। न रातमा निन्द्रा, न छ दिनमा भोक। एक मुठी सास बाहेक गुम्यो सबथोक।। कर्मले ठग्यो, गर्यो दैबले मैमाथी जालझेल। सबैले मारे आस, म कुर्छु तिम्लाई बाँचुन्जेल।। भावी कै बसमा हुँदो रैछ यो पापी चोला। मिलनको तगारो बन्यो, यो भुजिखोला।। दुःखमा, सुखमा

Read More

निर्भाना सिंहको कविता `पुतली´

।। पुतली।। निर्भाना सिंह बगैँचामा रङ्गीचङ्गी फूल, त्यहीं पुतली का हुल। सप्तरंगी फुलै फूल्ने, त्यही हेरी मेरो मन भुल्ने। पुतली मेरा साथी, उड्छन् आकाशमा माथी माथी। फूलको बास्ना हरर, फुलै माथि पुतलीको पखेटा फरर। पुतलीको फूलमा छायाँ, लाग्छ मलाई पुतलीको धेरै मायाँ। फूल कहिले भुइँमा हुन्छ, त्यो देख्दा मेरो मन रुन्छ। कहाँ होला फूलको शहर, मलाई पनि पुतली जस्तै उड्ने रहर। पुतलीको कहाँ होला घर, मलाई पनि

Read More

अस्मिता बुढाथोकीको कविता ‘आमा’

।। आमा।।कविता अस्मिता बुढाथोकी फाटेको त्यो गरिबी चिहाउनेआमाको चोली सिउँनु छ। तिम्रा ती रङ्गिन सपना पूरा गर्न सङ्घर्ष गरी जिउनु छ।। भोगाईका नागबेली धर्सा त्यो मुहारमा सुखले हर्नु छ। हाम्रो बास, भत्किएको त्यो खरको छानो फेर्नु छ। तिमी जस्तै निडर बनि हिंसा विरुद्ध कदम चाल्नु छ। समाजको गर्भमा रहेको भेदभाव जरै देखि फाल्नु छ।। नौं महिना सम्म राखेको

Read More

गणेश मल्लको कविता फूलबारी

। फूलबारी । गणेश मल्ल प्यारु रम्ने फूलबारी प्रकृतिको साज माली बनि रमण गर्छिन बोट वृक्ष माझ अहो भाग्य कति ठूलो साजसज्जा काे धनि गर्छिन् सेवा प्रकृतिको पुण्य होला भनी। चरा चुरुङ्गी नाच्छन् - गाउँछन् बास यही बस्छन उषा काल दिनचर्या सुरुगरी सन्ध्या गुँड पस्छन् माहुरीले भूनभुन गरी सङ्गीत भर्ने गर्दछन् स्वच्छन्दताको समिश्रण सबको मन हर्छन्। पवनको सिरीसिरी, कलकल गर्ने

Read More

अस्मिता बुढाथोकीको रचना; प्रकृति

।। प्रकृति ।। पहाडको बिच बाट नागबेली खोला सलसल। बिहानीमा मोती दाना वृक्षको पातमा टलटल।। जाई, जुही, बेली, चमेलीको बास्ना मगमग। अन्धकार हर्न चन्द्रमा बोल्छिन् सधैं टहटह।। त्यो माथि क्षितिजमा हजारौं तारा चमचम। वर्षा याममा आकाश रसाउँछ झम झम।। यो डाँडा पाखा शितलता छर्ने पवन हरर। मयूर, डाँफे नाच्छन् पखेटा फिजाई फरर।। चट्टान फोडी झरना छुट्छ गुञ्जनछ झनझन। कोइली चरी

Read More

धरहरा- राष्ट्रिय एकताको धरोहर केशवबिक्रम सिंह

वि. सं. २०७२ सालको महाभूकम्पले तहस- नहस पारेको धरहरा ( भिमसेन स्तम्भ/ टावर) - नेपालको एक मात्र यस्तो साँस्कृतिक सम्पदा हो जो नेपालको धेरै ठाउँ मा ठडिएका छन्। एउटा लडेको बदलामा धेरै ठाउँमा जुर्मुराएर उठेका छन्। यसरी ठडिएका छन् कि मानौं धरहरा ले आफ्नो जन्म पूर्व नै संकल्प गरेको थियो -

Read More

केशवविक्रम सिंहको आहा! झरना।

जब चलायमान पानी चट्टान मा ठोकिन्छ तब न त्यसबाट फोहोरा छुट्छ अनि गुञ्जायमान हुन्छ।अनि बल्ल झरना जो कहलिन्छ। सबै चट्टानको गर्भ बाट छुटेका पानी झरना कहलिदैनन्। झरना कहलिनको लागि ठोक्कनै पर्दछ। जति वेगमा, जति जोड ले, जति टाढाबाट कडा चट्टानमा ठोक्किन्छ बगेको पानी त्यतिनै भयन्कर तर वजस्पी रूप धारण गर्दछ

Read More

राष्ट्रकवि घिमिरेको पशुपतिमा अन्तिम बिदाइ (तस्बिरहरू)

सेताेपाटिबाट साभार राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। बुधबार मध्यान्ह राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो। नेपाली सेना र सशस्त्र प्रहरीले राष्ट्रकविको सम्मानमा सलामी अर्पण गरेको थियो। सेनाले घिमिरेलाई मानार्थ सहायक रथीको उपाधिसमेत दिएको थियो। राष्ट्रकविको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका थिए। राष्ट्रकवि घिमिरेको एक सय एक

Read More

राधा आचार्य अधिकारीको लघुकथा; कहाली लाग्दो तिज

के गर्ने यो बौलाहा कोरोनाले हामी चेलीहरुको तिजको खुशी लिएर गयाे ! कम्ता रमाइलो गरिन्थ्यो मैना दिन अघिबाट दिदीबैनी भेला भएर ! चक्कामा क्यासेट बजाउँदै नाचिन्थ्यो ,दर त कति खानु महिना दिन सम्म खाएको खायै होनी सोमरसका साथ , कहिले लज कहिले मन्दिर कहिले कस्का त कहिले कस कहाँ !!

Read More

राधा आचार्य अधिकारीको कविता तिज आयो र …

साउन देखि डाडामा बज्थ्यो मादलु र पो , आउथ्यो तिज , मादलुनै नबजि तिज आयो र ? बर्समा एक दिन लुगा फेरिन्थ्यो र पो , आउथ्यो तिज , दिन्कै साडी फेर्नेलाई तिज आयो र ? दुईतिन दिनको बाटो हिडि दिदी बहिनी बटुलिन्थ्यो र पो , आउथ्यो तिज , एक कल फोन गरेर बोलाउदा तिज आयो र? बर्स दिनमा एकदिन

Read More