Friday, January 15, 2021
Home > special_one > प्रकाण्ड पक्राउपछि विप्लवले दिए यस्ताे चेतावनीः अाेली सरकार के गर्ला?

प्रकाण्ड पक्राउपछि विप्लवले दिए यस्ताे चेतावनीः अाेली सरकार के गर्ला?

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो प्रवक्ता तथा स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा पक्राउको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

प्रहरीले प्रकाण्डसहित ३ जनालाई मंगलबार बेलुका पक्राउ गरेको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।उसले साउन २५ गते देशब्यापी कोणसभा, २६ गते विरोधसभा, साउन २७ गते मशालजुलुस, साउन २९ गते नेपाल बन्दको घोषणा गरेको छ ।

महासचिव नेत्रविक्रम चन्द विप्लवले बुधबार विज्ञप्ति जारी गरी राजनीतिक विचारका आधारमा गरिएको गिरफ्तारी बन्द गर्न र पक्राउ परेकाहरुलाई विना शर्त रिहा गर्न माग गरेका छन् ।

सरकारले एकपछि अर्को गर्दै राजनीतिक अधिकारमाथि प्रतिबन्ध लगाएको भन्दै लोकतन्त्रवादीहरुले यसको विरोध गर्नुपर्ने विज्ञाप्तिमा उल्लेख छ ।

आफ्नो पार्टी अपुरो राजनीतिक अधिकार पूरा गर्ने अभियानमा रहेको भन्दै यस अभियानलाई कुल्चने, दमन गरेर सिध्याउने सपना नदेख्न पनि विज्ञप्तिमा चेतावनी दिइएको छ ।

Leave a Reply