Saturday, March 28, 2020

Home > special_one > टिवानको भेट्यो प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई

टिवानको भेट्यो प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई

काठमाडौँ, १० वैशाख । टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान) ले नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई भेट गरेको छ ।

आइतबार टिवानका अध्यक्ष प्रह्लाद लोहनीको नेतृत्वमा गएको टोलीले महानिरीक्षक खनालको कार्यकक्षमा पुगेर बधाई दिएको हो ।
खनालसँगको भेटमा टिवानले सफल कार्यकालको शुभकामना दिनुका साथै टुरिष्ट बसका नाममा सार्वजनिक बसले गरेको मनोमानी, टुरिष्ट बसपार्क निर्माण, सिन्डिकेटविना पर्यटक बस सञ्चालनलगायतका कुराहरु राखेको थियो ।

जवाफमा महानिरीक्षक खनालले टुरिष्ट बसका नाममा सार्वजनिक बसले गरेको मनोमानीलाई गृह मन्त्रालयसम्म कुरा लगेर यसको समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

भेटमा टिवानका महासचिव कृष्ण आचार्य, कोषाध्यक्ष दिपेन्द्र अधिकारी, पूर्व प्रथम उपाध्यक्ष ईश्वर शर्मा, पूर्वमहासचिव दिपक भट्टराईलगायतको सहभागीता रहेको थियो ।

Leave a Reply