Saturday, March 28, 2020

Home > mophosala > सुत्केरीको ज्यान बचाउन हेलिकप्टर चाटर

सुत्केरीको ज्यान बचाउन हेलिकप्टर चाटर

बिस्नप्रसाद न्यौपाने कालिकोट मंसिर २६ गते । जिल्ला अस्पताल कालिकोटमा अपे्रशन पछि अत्याधिक रक्तश्राव भएर गम्भीर भएकी सुत्केरीको ज्यान बचाउन हेलिकप्टर चाटर गरिएको छ । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका १ निवासी चन्दा शाही सुत्केरी हुन अप्रेशन पश्चात अत्याधिक रक्तश्राव हुँदा जटिल भएपछि जिल्ला स्वास्थ्य, जिल्ला प्रशासन लगायतका सरोकारवाला निकायहरुको पहलमा हेलिकप्टर चाटर गरि टिचिंङ अस्पताल काठ्माण्डौमा रिफर गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमूख डा.कौशल अलीले सुत्केरी महिला चन्दा शाहीको गर्भवर्त भएको ४२ हप्ता पुग्दा पनि सुत्केरी व्यथा नलागेको र औषधि प्रयोग गरी सुत्केरी व्यथा लगाउदा पाठ्यघरको मुख खुल्दा पनि बच्चा नजन्मीए पछि अप्रेशन गरी बच्चा जन्माईएको र अप्रेशन गदौ पाठ्यघर च्यात्तिएर अत्याधिक रक्तश्राव भएर केश जटिल भएपछि नेपाल सरकारको लगानीमा हेलिकप्टर चाटर गरेर रिफर गरिएको बताउनुभयो । उहाँले सुतकेरी व्यथा लगाउनका लागि मिजोपोष्टल नामक औषधि प्रयोग गर्दा समेत बच्चा नजन्मीएपछि अप्रेशन गर्नु परेको र अप्रेशन पछि अत्याधिक रक्तश्राव भएपछि सुत्केरीको अवस्था खतरामा परेकाले रिफर गर्ने परेको उहाँले बताउनुभयो ।
जिल्ला अस्पताल कालिकोटमा कार्यरत स्टाफ नर्स मीरा शाहीले गत साउन महिना यता मात्र यस्ता तीन जना सुत्केरीलाई हेलिकप्टर चाटर र १ जना गाडीबाट गरी ४ जना रिफर गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार गत साउन यता जिल्ला अस्पतालमा प्रसुती सेवा लिनआएका जम्मा १ सय ६३ जनना महिला मध्य ४ जना जिल्ला बाहिर रिफर भएको र २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना हेलिकप्टरबाटै रिफर भएको र एक जना एम्बुलेन्सबाट जुम्ला लिदै गर्दा बाटोमा मृत्यु भएको बताउनुभयो ।

Leave a Reply