Friday, January 15, 2021
Home > special_three > लमजुङमा काँग्रेसले ग¥यो भव्यताका साथ उम्मेद्वारी दर्ता, लमजुङ जिल्ला काँग्रेसको किल्ला बनाउने उद्घोष

लमजुङमा काँग्रेसले ग¥यो भव्यताका साथ उम्मेद्वारी दर्ता, लमजुङ जिल्ला काँग्रेसको किल्ला बनाउने उद्घोष

लमजुङ । नेपाली काँग्रेस लमजुङले भव्यताका साथ उम्मेद्वारी दर्ता गरेको छ । आगामी मंसिर १० गते हुन लागेको प्रदेश सभा र प्रतिनिधी सभाको लागि नेपाली काँग्रेस लमजुङले आज हजारौँ कार्यकर्ताका साथ उम्मेद्वारी दर्ता गराएको हो ।

नेपाली काँग्रेस जिन्दावाद, लमजुङ जिल्ला काँग्रेसको किल्लालगायतका नारा लगाउँदै जिल्ला निर्वाचन कार्यालय लमजुङमा पुगी उम्मेद्वारी दर्ता गरेको हो ।

प्रतिनिधिसभाका लागि नेपाली काँग्रेसका तर्फबाट पूर्व केन्द्रीय सदस्य दिलबहादुर घर्तीले तथा प्रदेश सभा (क) मा नेपाली काँग्रेसका पूर्व कार्यवाहक सभापति गर्जबहादुर गुरुङ र प्रदेश (ख) मा पूर्व जिल्ला सभापती कृष्णप्रसाद कोइरालाले उम्मेदवारी दर्ता गर्नुभएको छ । उम्मेद्वार दर्तापछि नेता घर्तिले समग्र लमजुङ जिल्लाको विकासको लागि आफ्नो उम्मेद्वारी परेको बताउनुभयो ।

Leave a Reply