Saturday, January 16, 2021
Home > mophosala > कालिकोटको विकास र सम्बृद्धिका लागि आफ्नो उम्मेद्वारी–तरुण महामन्त्री शाही

कालिकोटको विकास र सम्बृद्धिका लागि आफ्नो उम्मेद्वारी–तरुण महामन्त्री शाही

कालिकोट कात्तिक ५ गते । नेपाल तरुण दलका केन्द्रीय महामन्त्री तथा नेपाली कांग्रेसका विकास प्रेमी युवा नेता भुपेन्द्रजंग शाही कालिकोट जिल्लाको विकास र सम्बृद्धिका लागि प्रतिनिधि सभाको सदस्यमा आफ्नो उम्मेद्वारी रहेको बताउनुभएको छ । आगामी मंसिर १० गते सम्पन्न हुने प्रदेश र प्रतिनिधि सभाको निर्बाचनको कार्यतालिका अनुसार आईतबार जिल्ला निबार्चन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै लोकतान्त्रीक गठबन्धनबाट प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेद्वार तरुण महामन्त्री शाहीले यस्तो बताउनुभएको हो ।
उहाँले बामहरुको एकताका नाममा केन्द्रमा दुई चार मिल्दैमा स्थानिय स्तरमा नागरिकहरुबीच एकता असम्भव रहेको बताउदै उहाँले आगामी मंसिर १० गते हुने निर्बाचनमा आफ्नो जित निश्चित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, इतिशासमा कहिले पनि पहिलो र दोस्रो शक्तिहरु बीचको एकता सम्भव छैन् । कालिकोट जिल्लामा पहिलो माओबादी र दोस्रो एमाले कदापी मिल्दैनन् । केन्द्रका नेताले आदेश दिदैमा गाँउका नागरिकहरुले आफ्नो विवेक गुमाउदैनन् ।
उहाँले भन्नुभयो, कालिकोट जिल्ला विगतको द्धन्द्धकालबाट निकै पर्ताडित जिल्ला हो । टाउको फुटेको छ, घरबार लुटिएको छ, आफन्तहरु गुमेका छन् । घर लुट्ने र लुटाईपाउने, टाउको फुटोने र फुटाई पाउनेहरु बीच मनदेखी एकता सम्भव छैन् । जसका कारण सबैको मत आफुलाई आउछ । आम कालिकोटका नागरिकहरुको आँशा र भरोशा आफुसँग रहेको बताउदै उहाँले २०७० सालमा आफुसँग भिडेका बिनाबिभागिय मन्त्री महेन्द्रबहादुर शाही र नेकपा एमालेका पुर्व अध्यक्ष कुर्मराज शाही दुवै जना केन्द्र छाडेर प्रदेशमा चुनाव लडेर आफुलाई बाटो छोडिदिएको बताउनुभयो ।
सुन्दर कालिकोट समृद्ध कालिकोट अभियान समेत थालेका तरुण महामन्त्री शाहीले भन्नुभयो, २०७० सालको निर्बाचनमा पराजित भएपनि कालिकोट जिल्लाको पलाता क्षेत्रलाई सडक संजालसँग जोड्न आफ्नै पहमा जुम्लाको ओदी खीन हुँदै धौलागोह जोड्ने सडकको सिलान्यास, जुन सडक अहिले निर्माण भईरहेको छ, तराईमा संचालनमा रहेको जनता आवास कार्यक्रम जुन सरकारले विपन्न नागरिकका लागि घर बनाई दिने कार्यक्रम, कर्णालीमै आफ्नो पहलमा आयो, जसले अहिले कालिकोटका सयौँ दलित समुदाय विपन्न नागरिकहरुको घर बनेको छ ।
चिल्खाया गाविस स्थित भैसीगौडामा पक्की पुल, कालिकोटका नागरिकहरुको मुटु परीक्षणका लागि बिभिन्न क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर, कालिकोटको समग्र शैक्षिक गुणस्तर अभिबृद्धि गर्न आफैले नगद एक लाख सहयोग गरी विपन्न तथा जेहेन्दार छात्रबृति अक्षयकोषको स्थापना गरी यसै बर्ष माध्यामि शिक्षा परीक्षामा उत्कृष्ठ हुने कालिकोट जिल्लाका पाँच जनालाई छात्रबृति, कालिकोट जिल्लाका नागरिकहरुले बिशेषज्ञ डाक्टरको अभावका अकालमै ज्यान गुमाउनु पर्ने समस्यालाई हेरी आफ्नै पहलमा एक जना कालिकोट जिल्लाकै विपन्न परिबारको बिद्यार्थीलाई करीब ६० लाखको सहयोगमा निशुल्क रुपमा एमबिबिएस डाक्टर पढ्नका लागि छात्रबृतिको व्यवस्था गरेको छु ।
यस्तै तरुण दलका महामन्त्री तथा समाजसेवी भुपेन्द्रजंग शाहीले कालिकोटका नागरिकहरुको स्वास्थ्य सेवामा पहुँच बृद्धि गर्नुका साथै सामान्य स्वास्थ्य उपचार नपाएर अकालमा ज्यान गुमाउनबाट बचाउनका लागि १५ शैयाको जिल्ला अस्पताल कालिकोटलाई स्तर बृद्धि गरी ५० शैयाको अस्पताल बनाउन तत्कालीन स्वास्थ्य मन्त्री गगन थापालाई ज्ञापन पत्र बुझाएर पहल गरेको, जसका कारण अहिले सहरी विकास मन्त्रालयबाट झण्डै ५० करोडको लगानीमा भवन निर्माणको लागि प्रक्रियामा छ । ३१ बर्षदेखी निर्माणाधिन कालिकोटको कोटबाडा स्थित सुनथराली बिमानस्थलाई तत्कालीन पर्यटन तथा नागरिक उड्यान मन्त्री जीवनबहादुर शाहीको पालामा पहल गरी परीक्षण उडान गर्न सफल भएको, लालिघाटदेखी सुुनथराली बिमानस्थल जाने सडक योजना तथा पर्याप्त बजेटको व्यवस्था गरेको, लालिघाटदेखी थिर्पु र नानिकोटको सिमानामा रहेको घाटा चौरसम्मका बिभिन्न १० वटा बजारहरुलाई नमुना बजारको रुपमा विकास गर्न पहल, कालिकोट जिल्लाका पत्रकारीताको व्यसायीक विकासका साथै उत्कृष्ट समाचार लेख्ने एक जना क्रियाशील पत्रकारहरुलाई द्धन्द्धकालमा ज्यान गुमाएका कर्णालीकै पहिलो पत्रकार कालिकोट जिल्लाको सिपखाना गाविस निवासी नवराज शर्माको सम्झनामा पुरस्कृत गर्न नवराज शर्मा स्मृति पत्रकारीता पुरस्कारको लागि नगद पचास हजार सहयोग गरेर अक्षयकोष स्थापना, सुन्दर कालिकोटलाई विकट नभई सुन्दरताको नामले राष्ट्रिय स्तरसम्म पहिचान बदल्ने लगायतका कामहरु गरेको सार्बजानिक गर्नुभयो ।
यस्तै प्रदेश सभा ख का प्रत्यक्ष उम्मेद्वार तथा नेपाली कांग्रेसका पुर्व पार्टी सभापती कालीबहादुर सहकारीले लोकतन्त्रको रक्षा, लोकतान्त्रीक संबिधानको सफलल कार्यन्वयन र जिल्लाको विकासको लागि आफ्नो उममेद्वारी रहेको बताउनुभयो । उहाँले विगत २०४६ सालदेखी राजनीतिमा क्रियाशील भएर जिल्लामा रही नागरिकका समस्या समाधान तथा सामाजिक सेवामा सक्रिय भएको र यसपाली पनि जनताले अवसर दिए आफ्नो मतको अपमान भएको महसुस नहुँने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तथा प्रदेश सभा कबाट प्रत्यक्ष उम्मेद्वार टेकराज शाहीले आफ्नो उम्मेद्वारी साँसद भएर जनताको पसिनाबाट प्राप्त हुने तलव भत्ता खाएर महलमा बस्ने सपना नभएर आफुले पाउने सेवा सुविधाहरु सबै नागरिकहरुको हितमा खर्च गर्ने घोषणा गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका पार्टी सभापती हर्षबहादुर बम र राष्टिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य धनबहादुर बुढाले नेकपा एमाले र माओबादी केन्द्रक कम्जोर हुँदै गएका कारण एकता हुन बाध्य भएको बताउनुभयो । उहाँले मुलुकमा लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रीक शक्तिहरु बीचको एकता अनिबार्य रहेको बताउदै कालिकोट जिल्लामा आगामी मंसिर १० गतेको निर्बाचनमा कालिकोट जिल्लामा लोकतान्त्रीक शक्तिहरुका साझा उम्मेद्वार भुपेन्द्रजंग शाही, कालीबहादुर सहकारी र टेकराज शाही नै बिजयी हुने दाबी गर्नुभयो । उहाँहरुले विगतमा कालिकोट जिल्लाबाट माननिया तथा मन्त्री भएकाहरुले जिल्लाको विकास निर्माण कति गरे हिसाव किताव खोज्नुपर्ने अवस्था आएको बताउदै यसको फैसला कालिकोटका आम नागरिकहरुले गर्ने बताएका छन् ।

Leave a Reply