Thursday, June 4, 2020

Home > special_two > देउवाकै चाहनामा रमन निरन्तर

देउवाकै चाहनामा रमन निरन्तर

काठमाडौँ, १४ साउन । प्रधानमन्त्रीको राजीनामासँगै सरकारका प्रमुख कानुनी सल्लाहकार महान्यायाधिवक्ताले राजीनामा दिने विगतको प्रचलन यसपटक भंग भएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएको दुई महिना बितिसक्दासमेत उनले नियुक्त गरेका महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ अझै पदमा बहाल छन् ।

नयाँ प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्तामा श्रेष्ठलाई निरन्तरता दिन चाहेका कारण पद नछाडेको महान्यायाधिवक्ता कार्यालय स्रोतको दाबी छ । दाहाल प्रधानमन्त्री भएपछि श्रेष्ठ ०७३ साल साउन २४ मा महान्यायाधिवक्तामा नियुक्त भएका थिए । संविधानले महान्यायाधिवक्ता सरकारको प्रमुख सल्लाहकार रहने र संवैधानिक एवं कानुनी विषयमा राय सल्लाह दिने दायित्व तोकेको छ । संवैधानिक एवं कानुनी प्रश्नमा सरकारको बचाउमा प्रतिरक्षा गर्ने भएकाले प्रधानमन्त्रीले आफ्ना विश्वास पात्रलाई महान्यायाधिवक्तामा नियुक्त गर्ने प्रचलन छ ।

कुनै अदालत र न्यायिक निकायसमक्ष सरकारको तर्फबाट मुद्दा चलाउने–नचलाउने विषयमा अन्तिम निर्णय गर्ने अधिकार महान्यायाधिवक्तामा निहित रहन्छ । सरकारको तर्फबाट दायर भएको मुद्दा फिर्ता लिँदासमेत महान्यायाधिवक्ताको रायलाई संविधानले नै अनिवार्य गरेका कारण पनि उक्त पदलाई विशेष महत्वको मान्निछ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Leave a Reply