Thursday, June 4, 2020

Home > special_two > महानगरीय ट्राफिक प्रहरी महाशाखामा खनाल

महानगरीय ट्राफिक प्रहरी महाशाखामा खनाल

काठमाडौँ, ११ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखामा प्रमुखको जिम्मेवारी वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाललाई दिइएको छ ।

यसअघि खनाल प्रहरी प्रधान कार्यालयअन्तर्गतको महानिरीक्षकको सचिवालयमा नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारीमा रहनुभएका थियो । आफूले आजबाटै महाशाखाको जिम्मेवारी सम्हालेको खनालले जानकारी दिनुभयो । राजधानीको ट्राफिक व्यवस्थापनमा सुधार ल्याई सवारी चाप हटाउन आफूले सक्दो पहल गर्ने उहाँले बताउनुभयो ।

महाशाखामा रहनुभएका नायब महानिरीक्षक मिङ्मार लामालाई केन्द्रीय ट्राफिक प्रहरी निर्देशनालयमा सरुवा गरिएको छ ।

गृहमन्त्री जनार्दन शर्माले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै यसलाई सुधार गर्नसक्ने अधिकृतलाई त्यहाँ पठाउन प्रहरी महानिरीक्षकलाई दिएको निर्देशनअनुरुप प्रहरी प्रधान कार्यालयले खनाललाई महाशाखामा पठाएको हो ।

केही दिनअघि मात्रै गृह मन्त्रालयले खनाललाई वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा बढुवाका लागि गरेको सिफारिस गरेको छ ।

Leave a Reply