Thursday, June 4, 2020

Home > special_two > वरिष्ठ नेता पौडेल र जापानका वातावरण राज्यमन्त्री इतोबीच भेट

वरिष्ठ नेता पौडेल र जापानका वातावरण राज्यमन्त्री इतोबीच भेट

काठमाडौँ, ३ साउन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जापानका वातावरण राज्यमन्त्री तादाहिको इतोबीच भेटवार्ता भएको छ ।

नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको भेटमा नेपालको वातावरण र प्राकृतिक सम्पदालाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा छलफल भएको थियो ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले जापानमा नयाँ प्रविधि प्रयोग हुँदै आएको र नेपालमा पनि उक्त प्रविधिको प्रयोग गरी शहरी क्षेत्रको फोहोर व्यवस्थापन गरेर कसरी फाइदा लिन सकिन्छ भन्ने बारेमा समेत छलफल भएको बताए ।

भेटमा राज्यमन्त्री इतोले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी लिनुभएको नेता पौडेलले बताए । जापान–नेपाल संसदीय मैत्री सङ्घका अध्यक्षसमेत रहनुभएका राज्यमन्त्री इतोले आगामी दिनमा पनि नेपालको विकास लागि जापान सरकारको सहयोग रहने विश्वास व्यक्त गरे ।

Leave a Reply