Saturday, February 16, 2019
Home > mophosala > चार सय १५ मिटर अग्लो कालिकोटको पचाल झर्ना

चार सय १५ मिटर अग्लो कालिकोटको पचाल झर्ना

बिस्नप्रसाद न्यौपाने कालिकोट । कालिकोट जिल्लाकोे पूर्वी क्षेत्रमा पर्ने पचालझरना गाउपालिका वडा नं. ३ स्थित खाद्रु गाँउमा पर्ने ऐतिहासिक पर्यटकिय स्थल पचाल झर्ना ४ सय १५ मिटर रहेको प्रमाणीत भएको छ । जिल्लाकै ऐतिहासीक रमणिय पर्यटकिय स्थल भएपनि गुमनामा रहेको पचाल झर्ना पर्यटन बोर्डको सहयोग, जिल्ला समन्वय समिति कालिकोटको समन्वय तथा जिल्लाको रास्कोट नगरपालिका निवासी युवा बिद्यार्थी यसोधा बराल र जिल्ला विकास समितिको प्राबिधि टोलीले पचालझरनाको नापनक्सा गरी ४ सय १५ मिटर रहेको प्रमाणीत गरेको हो ।
आन्तरिक तथा बाह्य पर्यकलाई लोभ्याउने अनगिन्ति प्राकृतिक सौँदर्यताले भरिपुर्ण पचाल झर्ना हालसम्म जिल्लाको पर्यटकीय गन्तव्यको रुपमा विकास हुन नसक्दा गुमनाम छ । अग्ला अग्ला पहाडी हिम श्रृङखलाहरुको फेदमा कर्णाली नदीको दक्षिणतर्फ साविकका बदालकोट गाविस र राम्नाकोट गाविसको बीचमा पर्ने ऐतिहासीक पचाल झर्नाको उचित विकासका साथै राष्ट्रिय स्तरमा प्रचार प्रसार तता यसको उचाई प्रमाणीकरण हुन नसक्नुलाई विडम्बनानै मान्नु पर्दछ । प्राबिधिक सहितको टोली लिएर पचालझरनाको अध्यायन अवलोकनमा जानु भएको यशोधा बरालले यो झर्ना कालिकोट जिल्लाको पर्यटकिय सम्भावनाको प्रमूख स्थल रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, यो ऐतिहासीक झर्नाको संरक्षण, विकास र प्रवद्र्धन गर्न सकिए कालिकोट जिल्लाकै पर्यटकहरुको लागि मूख्य आकर्षक गन्तव्य बन्ने निश्चित छ । तर पनि सम्बन्धित निकाय, राजनीतककर्मी, स्थानीय पर्यटन व्यावसायी र सरोकारवाला निकायहरुको वेवास्ताका कारण पर्यटन व्यवसायको प्रचुर सम्भावना रहेरको यो झर्ना गाँउघरे उख्खान कागलाई बेल पाक्यो हर्स न बिस्मात भने जस्तै भएको उहाँको भनाई छ ।
पचाल झर्नाबाट खसेको पानी करीब १० किलोमिटर ओरोलो बगेर कर्णाली नदीमा मिसिएको छ । प्राकृतिक मनोरम सौँदर्यतताले भरिपुर्ण यो झर्ना अवलोकन भ्रमणका लागि निकै आकर्षक देखिन्छ । स्थानियहरुका अनुसार यो झर्नाको बचिमा ठुला ठुला गुफाहरु पनि छन् र सशस्त्र द्धन्द्धको समयमा माओवादीहरुले यिनै गुफाहरुमा हातहतियारको गोदाम समेत बनाउने गरेका थिए । यहाँका स्थानिय विद्यालयहरुले शैक्षिक भ्रमणमा बिद्यालर्थीहरुलाई लिदा यही झर्नाको अवलोकन गराउने गरेका छन् । झर्ना हिउदको समयमा पानीको बहाव कम हुदा र बर्षायामको तिब्र पानीको बहावमा पनि शान्त रुपमा खसिरहेको छ । जिल्ला समन्वय समितिले तत्कालै पचालझरना ४ सय १५ मिटर रहेको भनी अभिलेखिकरणका लागि नेपाल पर्यटन बोर्डमा सिफारीस गरेको छ ।

Leave a Reply