Friday, January 22, 2021
Home > mophosala > भारतका पूर्व राष्ट्रपतिको पुस्तकमा सनसनीपूर्ण दाबी : नेपाललाई भारतको हिस्सा बनाउन नेहरुलाई त्रिभुवनको अफर

भारतका पूर्व राष्ट्रपतिको पुस्तकमा सनसनीपूर्ण दाबी : नेपाललाई भारतको हिस्सा बनाउन नेहरुलाई त्रिभुवनको अफर

भारतका दिवंगत पूर्वराष्ट्रपति डा. प्रणब मुखर्जीले आफ्नो पुस्तक ‘द प्रेसिडेन्सियल इयर्स’ मा नेपालका बारे सनसनीपूर्ण खुलासा गरेका छन् । पुस्तकमा मुखर्जीले राजा त्रिभुवन वीर विक्रम शाहले भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु समक्ष नेपाललाई भारतमा विलय गर्ने प्रस्ताव राखेको तर नेहरुले त्यसलाई अस्वीकार गरेको दाबी गरेका छन् ।

पुस्तकको ११ औँ भागमा ‘माई प्राइम मिनिस्टरः डिफरेन्ट स्टाइल्स, डिफरेन्ट टेम्परमेन्टस्’ शीर्षक अन्तरगत मुखर्जीले राजा त्रिभुवनले नेपाललाई भारतको प्रान्त बनाउन  प्रस्ताव गरेको दाबी गरेका छन् । यद्यपि, भारतीय प्रधानमन्त्री नेहरुले सो अफर अस्वीकार गरेको पुस्तकमा भनिएको छ ।

पुस्तकका अनुसार नेहरु नेपाल स्वतन्त्र राष्ट्र रहनुपर्ने चाहन्थे । मुखर्जीले यदी नेहरुको स्थानमा इन्दिरा गान्धी भएको भए, उनले सो अवसर आफ्नो हातबाट जान नदिने पनि बताएका छन् ।

उक्त किताबमा अन्य कयौँ सनसनीपूर्ण खुलासा गरिएको जसमा सन् २०१४ मा यूपीएले ब्यहोरेको हारका लागि सोनिया गान्धी र मनमोहन सिंहलाई जिम्मेवार ठहराइएको छ ।

स्रोत : द चौपाल डटकम

Leave a Reply