Friday, January 22, 2021
Home > mophosala > ओली र राष्ट्रपतिलाई नेकपा विद्यार्थीको प्रश्न, ‘दिउँसै बाल्दा पनि भेटिएन है, संविधानमा संसद् विघटनको धारा खै ?’

ओली र राष्ट्रपतिलाई नेकपा विद्यार्थीको प्रश्न, ‘दिउँसै बाल्दा पनि भेटिएन है, संविधानमा संसद् विघटनको धारा खै ?’

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले संसद् भंग गरेको निर्णयप्रति नेकपा (प्रचण्ड–माधव नेपाल) निकट अनेरास्ववियुले आज माइतीघर मण्डलामा लालटिन जुलुस निकालेको छ ।

प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री ओली र त्यसलाई सदर गर्ने राष्ट्रपतिको कदमविरुद्ध नेकपा समर्थित अनेरास्ववियुले बुधबार जुलुस निकालेको हो ।

जुलुसमा संविधानमा संसद् विघटन गर्ने धारा दिउँसै लालटिन बालेर खोज्दा पनि नदेखिएको भन्दै प्रधानमन्त्री ओलीप्रति व्यंग्य गरिएको छ ।

ब्यानरमा लेखिएको छ, ‘‘दिउँसै बाल्दा पनि भेटिएन है, संविधानमा संसद् विघटनको धारा खै ?’ अनेरास्ववियुले प्रधानमन्त्री ओलीको पत्लादहन तथा मन्त्रीहरुविरुद्ध कालो झन्डा प्रदर्शन गर्ने कार्यक्रमअनुसार आज देशभर विरोध प्रदर्शन गरिरहेका छन् ।

मिडिया डबलीबाट साभार

Leave a Reply