केशब खड्का
बा को दुख उस्तै छ,आमाको पिर उस्तै छ ।
यता आफनो अभागी यो तक्दीर उस्तै छ ।
झुक्न त पर्दैनपरोस कहील्यै लागीरहन्छ
साहु देख्ना साथ नहुरीने यो शिर उस्तै छ ।
बा सधै त्यही गुनासो सुनाउदै रुनु हुन्छ
हाम फाल्दा पनि बचाउने भीर उस्तै छ ।
यी चराहरु किन कहील्यै दुखी देखीदैनन
घर बन्दा पनि ढल्दा पनि चिरबिर उस्तै छ।
सम्झना बिर्सना यि यावत एउटा कुरा भए
मन मै बसेको त्यो तिम्रो तस्बीर उस्तै छ ।
(गजलकार खड्का रुकुम पश्चिम निबासी हुनुहुन्छ ।)
why didnot share link palpalkhabar from facebook