Friday, January 22, 2021
Home > mophosala > जि पि कोइराला फाउण्डेशन अमेरिकाले गर्यो ३२ औं पटक निशुल्क खाधन्न वितरण

जि पि कोइराला फाउण्डेशन अमेरिकाले गर्यो ३२ औं पटक निशुल्क खाधन्न वितरण

अमेरिका। गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले बिहीवार, डिसेम्बर १०, २०२० का दिन निशुल्क खाधन्न वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

३२ औं पटकको निशुल्क खाधन्न वितरण दिउँसो ३ बाट ५ बजे सम्म सम्पन्न भएको थियो। गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले सुश्री लिण्डा लाभायोलेट, न्यु-योर्क राज्य-गोभर्नर कार्यालयकी विशेष सहायकले न्युयोर्क राज्यकै कृषि र बजार विभाग सँग समन्वय गरी  फाउण्डेशन सँग सहकार्य गरेकि हुन।

उक्त सहकार्यमा २५० पिस निशुल्क डिब्बाबंद खाना, १०० बक्स पनिर मसाला र ३० बक्स चना मसला वितरण फाउण्डेशनकै कार्यालय 41-66, 72nd Street, Woodside, New York 11377 बाट वितरण गरेको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले पलपलखवरलाइ जानकारी गराए।

न्युयोर्कको क्वीन्समा रहेका समाजसेविहरु क्रमश: नेजससअका उपाध्यक्ष अनन्त राज सुवेदी, गोर्खा समाज अमेरिकाका अध्यक्ष अन्जन श्रेष्ठ, नेपाली अमेरिकन कलाकार संघका महासचिव एंव वरिष्ठ लोक गायक बिमल डाँगी,यसै संस्थाका मिडिया संयोजक एंव गीतकार पुष्कर बराल, फाउण्डेशनका सदस्य प्रेम अधिकारी क्षेत्री मार्फत ल्याटिनो समुदायलाई (ईस्पानीस), स्वयंसेवकहरु क्रमशः धुर्व कुँवर, सागर श्रेष्ठ, टेक बा. कार्की, दिप कट्टेल मार्फत फाउण्डेसनले निःशुल्क खाधन्न वितरण गरेको थियो।

फाउन्डेसनको निःशुल्क खाधन्न वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरीङ्ग राप्के लामा, नेपाली अमेरिकन कलाकार संघकि कोषाध्यक्ष एंव वरिष्ठ लोक गायिका संगिता थापा लगायत खटिएका थिए ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले मनकारी सहयाेग दाता सुश्री लिण्डा लाभायोलेट र अन्य सहयाेगी मनहरू तथा आफ्नो वेस्तताका बाबजुद पनि दिनभर खटिने सम्पुणमा धन्यवाद एंव आभार प्रकट समेत गरेकाे थियाे।

Leave a Reply