Friday, January 22, 2021
Home > mophosala > गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको कार्यालय मा स्वागत कार्यक्रम

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको कार्यालय मा स्वागत कार्यक्रम

न्यूयोर्क, अमेरिका । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका का अध्यक्ष श्री सोमनाथ घिमिरेले आज गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको कार्यालयमा H.H. Guru Dileepji Maharaj,Secretary of the Committee of Religious NGOs at the United Nations, Global Chairman of the World Yoga Community and Secretary-General of the Global Council of Hindu Leaders लाई खादा लगाई स्वागत गरेका हुन।

        

यस स्वागत कार्यक्रममा फाउण्डेशन का उपाध्यक्ष श्री सुवर्ण लामा, महासचिव एवं समुदाय प्रबन्ध निर्देशक छिरिङ राप्के लामा, केन्द्रीय सदस्य रामचन्द्र अधिकारी, सदस्य द्वय प्रेम क्षेत्री र धुर्व कुँवर क्षेत्री लगायतको विशेष उपस्थिती रहेको थियो।

         

उक्त स्वागत कार्यक्रमको भेटवार्तामा आध्यात्मिक र सामाजिक विषयमा व्यापक छलफल भएको थियो।उक्त भेटवार्तामा फाउण्डेशन को नयाँ कार्यालय स्थापना गर्नुभएकोमा अध्यक्ष सोमनाथ घिमिरे एवं उपस्थित पदाधिकारीहरुलाई गुरू दिलिपजीले हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनहरूमा फाउन्डेशनलाई संयुक्त राष्ट्रसंघ लगायत उच्चस्तरीय सामाजिक संघसंस्थाहरूसँग समन्वय गरी अगाडी बढन आफ्नो तर्फवाट भरपुर सहयोग गर्ने वचनवद्दता जाहेर गर्र।

         

आफुले वर्तमान सहित संयुक्त राष्ट्रसंघका तिन जना महासचिवसँग नजिकवाट साथसाथै काम गरेको अनुभव भएको, विश्वका १०० भन्दा बढी देशमा योगा र धार्मिक एवं आध्यात्मिक प्रवचन दिएको अनुभव वताउनुहुने गुरूले आगामी दिनहरूमा विश्वका राजनेता हरूमा धैर्य र संयमता संहाल्दै देशहरूमा सर्वपक्षीय शान्ती स्थापना गर्नमा जोड दिए।

       

फाउन्डेशनका केन्द्रीय सदस्य रामचन्द्र अधिकारीले मानिस विश्व सभ्यतादेखी हालसम्म विभिन्न मानवीय र प्राकृतिक प्रकोपवाट गुज्रदैं आएको र योगा र आध्यात्मिक चिन्तनले मानवलाई तनाववाट मुक्ति मिल्ने कुरामाआफ्नो धारणा राखेका थिए।

        

आफ्नो कार्यव्यस्तताका वावजुद करीव ३ घन्टा समय फाउन्डेशनलाई दिनुभएका योगगुरूसँग चियापान गरी कार्यक्रम गर्नपाएकोमा संस्थाका उपाध्यक्ष शुवर्ण लामा एवं महासचिव छिरिङ राप्के लामाले प्रशन्नता व्यक्त गरे।

      

अन्त्यमा वहाँलाई विदाई गर्दै अध्यक्ष घिमीरेले वहाँको वौद्दिकता र उच्च विचारले थप उर्जा प्राप्त भएको र छिट्टै वहाँसँग सहकार्य गरी अगाडी बढ्न आफुहरू उत्साहित भएको वताए।

Leave a Reply