Saturday, January 16, 2021
Home > mophosala > सयौं कार्यकर्ताहरुको जुलुससहित पुल उद्घाटन स्थलमा पुगे पौडेल, चारतारे झण्डाले रंगियो तनहुँ

सयौं कार्यकर्ताहरुको जुलुससहित पुल उद्घाटन स्थलमा पुगे पौडेल, चारतारे झण्डाले रंगियो तनहुँ

काठमाडौं – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल व्यास नगरपालिकामा पर्ने बुल्दीखोलामा नवनिर्मित पुल उद्घाटनका लागि पुगेका छन् ।

सयौं कार्यकर्ताहरुको जुलुससहित पौडेल पुल उद्घाटनका लागि पुगेका हुन्। बुधबार प्रहरीले पौडेललाई नियन्त्रणमा लिएपछि पुल उद्घाटन रोकिएको थियो । प्रहरीले नियनत्रणमा लिएर बेलुकी मात्र पौडेललाई छाडेको थियो ।

पौडेलले रिहा भएलगत्तै आज पुल उद्घाटन गर्ने बताएका थिए । नेकपा कार्यकर्ता र प्रशासनको अवरोधपछि कांग्रेस कार्यकर्ताहरु आक्रोसित बनेका छन् ।

बिहिबार पुल उद्घाटनका सहभागि हुनका लागि गाउँगाउँबाट कांग्रेसका सयौं कार्यकर्ताहरु आएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् ।

अहिले विभिन्न ठाउँबाट नारा जुलुससहित पुल उद्घाटतर्फ कांग्रेस कार्यकर्ताहरु अघि बढिरहेका छन् । तनहुँमा यतिबेला चारतारे झन्डले पुरै रङ्गिएको छ ।

मिडिया डबलीबाट साभार

Leave a Reply