कालिकोट २८ साउन । नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघ जिल्ला कार्य समिति कालिकोटको प्रथम भेला बुधबार मान्मामा सम्पन्न भएको छ ।
भेलाले श्री धीरेन्द्र आचार्यको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सुरेन्द्र सिंह र भुवन शाही,सचीबमा सन्तोष शाही, कोषाध्यक्षमा राधिका बुढा चयन हुनु भएको छ ।
त्यसैगरी,सदस्यहरुमा कमल राज गिरी, नैन बहादुर शाही, होबिन्द्र सुनार, अन्जु शाही, बिश्वमित्र सिम्खडा, अशोक बिश्वकर्मा, इश्वर शाही, गणेश बुढा चयन भएका छन ।
भेलामा जिल्ला खेलकुद बिकास समिति कालिकोटका कार्यलय प्रमुख श्री नमराज मल्ल, दिगो बिकासका लागी नेपाल युवा संजालका कर्णाली प्रदेश कमिटीका अध्यक्ष दिलिप कुमार शाही, नेकपा जिल्ला कमिटी सचिबालय सदस्य जनक बहादुर शाही र युवा नेता गगन बोगटी सहितले शुभकामना मन्तब्य राख्नु भएको थियो ।