Saturday, March 28, 2020

Home > साहित्य > कविता:-“अपुरो रह्यो”

कविता:-“अपुरो रह्यो”

                            

 

                                                                                            प्रकाश खड्का
के झर्ला र झरी
जसरी आँसु झरे कसरी
बसेको थिए खोलाको
किनारमा
डुबेको थिए कसैको प्यारमा।।

आबेगले आउछ हावाहुरि
ल्याउछ तिम्रै बस्ना र
बे-सुगन्ध बनाई दिन्छ
मेरा वरिपरिका फुलका
सुगन्धहरुलाई ।।

कति बेला उडाइदिन मन
लाग्छ
तिमीलाई यो मन बाट
जसरी
समुन्द्र बाट पानी बाफ
बनेर
आकाश तिर उडेझै ,
खै के सोच्छ यो मनले
फेरि बर्साउछ तप्प तप्प
सितको थोपा
यो न्यानो मनमा
र बनाउछ चिसो
लाग्छ तताउछ सुर्यले बर्सौ बर्स सम्म ।।

खुइलिन्छ जस्तो लाग्दैन
मलाई प्रेम जसरी मेरो
सिरानीको रङ खुइलियको छ ।।

हराउँछ जस्तो लाग्दैन
मलाई प्रेम जसरी मेरो
मुटु हरायको छ ।।

फुट्छ जस्तो लाग्दैन
मलाई प्रेम जसरी
मेरो ऎना फुटेको छ।।

मैले त प्रेम गर्न
रुखको जरा बाट सिकेको हु
जसरी आफू जमिन मुनि
थिचिएर
हरेक कुरा कान्ड हुँदै
पात सम्म पुर्याउछ
र फुल फुलाउछ ।।।

त्यसरी तिमीलाई यो मनमा
रोपेर
धड्कनले स्वास दिदै
आखामा फुलाउने रहर
अपुरो रह्यो ।।।

लेखक प्रकाश खड्का रुकुम पश्चिम निबासी हुन ।

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply