Saturday, March 28, 2020

Home > mophosala > यूवा व्यवसायी शाहीद्वारा सहयोग

यूवा व्यवसायी शाहीद्वारा सहयोग

सुर्खेत । सुर्खेतमा युवा व्यवसायी बखतबहादुर शाहीले प्रदेश अस्पताललाई बिभिन्न सामग्री सहयोग गर्नुभएको छ । मंगलबार प्रदेश अस्पताल प्रमूख डा. डम्बर खड्कालाई व्यक्तिगत रुपमा बिभिन्न सामग्रहीहरु सहयोग गर्नुभएको हो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पतालमा मार्कस तथा सेनिटाइजर जस्ता सामाग्रीहरुको अभाव भएको हुँदा त्यहा कार्यरत डाक्टर तथा नसिङ्गका कर्मचारीको स्वास्थ्यलाई मध्यनजर गदै सुर्खेतका सफल युवा व्यवसायी एवं समाजसेवीको रुपमा चिनिनु भएका वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ हाल नगरपालिका वडा नं. ७ निवासी बखतबहादुर शाहीले प्रदेश अस्पतालका लागि सर्जिकल मार्कस र ल्ढछ मार्कसको व्यवस्था गरी मंगलबार प्रदेश अस्पतालमा ५० थान ल्ढछ मार्कस र १०० भन्दा बढी सर्जिकल मार्कस अस्पतालका प्रमुख डा.डम्मर खड्कालाई हस्तान्तरण गर्नु भएको छ । स्वास्थ्यकर्मीहरुको अनुरोध र कर्णाली प्रदेशमा मार्कसको अभावको कारण शाहीले सहयोग गर्नु भएको हो ।

समाजसेवी शाहीले भन्नुभयो, हाम्रो प्रदेश अन्य प्रदेशको तुलनामा पछाडी पारिएको प्रदेश हो । यहाँ सामान्य झाडापखलाले समेत ज्यान जाने गरेको अवस्था छ भने विश्वभर महामारी रुपमा फैलिएको कोरोना भाइरसलाई रोकथाम गर्न सरकारलाई सहयोग गर्नु हाम्रो दायित्व र कर्तव्य हो । त्यसकारण मैले यि सामाग्रीहरु अन्य प्रदेशबाट ल्याई स्वास्थ्य चिकित्सकहरुको स्वास्थ्यलाई ध्यानमा राखि वितरण गरेको हुँ । आफुसग भएको अन्य मार्कसहरु पनि भोलि प्रदेश अस्पताललाई सहयोग गर्ने र कोरोना भाइरस रोकथाम गर्नका लागि अन्य सहयोग गर्नुपरे आफु तयार रहेको उहाँले बताउनुभयो ।

विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व यतिबेला ठूलो समस्यामा ग्रसित रहेको अवस्थामा, नेपालमा समेत यसको असर स्वरुप २ जनालाई कोरोना भाइरस लागेको पुष्टि भैसकेकोमा १ जना निको भई सकेको र १ जनाको उपचार भैरहेको छ । नेपाली बजारमा यति बेला भाइरस रोकथाम गर्ने सर्जिकल सामाग्रीहरु जस्तै मार्कस, सेनिटाइर जस्ता सामाग्रीहरुको समेत अभाव भैरहेको छ ।

सरकारले कोरोना भाइरस सम्बन्धी विभिन्न सचेतना मूलक कार्यक्रमहरु संचालन गर्दै आइरहेकोमा भाइरसलाई रोकथाम गर्नका लागि लकडाउन गर्नुपर्ने बाध्यता समेत सिर्जना भएको हुँदा मंगलबार विहानबाट सरकारले लकडाउन गरेको छ ।

Leave a Reply