Thursday, June 4, 2020

Home > mophosala > SEE परीक्षा रोकियो त के भो?

SEE परीक्षा रोकियो त के भो?

आज बिश्वमानव समाजलाई प्राणघातक चुनौती बनिसकेको कोरोना भाइरसले प्रकोप बढाउन नसकेको एकमात्र सुन्दर देश नेपाल हो। अति सूक्ष्म परजिवी प्राणघातक एक कोषिय कोरोना नामकरण गरिएको भाइरस एक ब्यक्ती देखि अर्का ब्यक्तिसम्म सर्ने खालको हो।

विशेष गरेर श्वास प्रश्वास र र्याललाई माध्यम बनाएर मात्र यसको गन्तव्य फोक्सो हुँदै रगतमा पुग्न सक्ने भनिएको यो भाइरस पाका उमेर सहित अन्य रोगहरुसीत लडिरहेका निम्ति खतरनाक भनिएको छ। अनुसन्धानको अनेक चरण पार गरेपछी यसलाई चिकित्सा बिज्ञानले कोभिड १९ को संज्ञा दिएको छ।

निकै बृद्द बृद्दाका निम्ति भने कोविड १९ Death Sentence यानेकी प्राण हर्ने मृत्युदण्डसंग तुलना गरिएको छ। यसको मुख्य श्रोत के होला भन्दाखेरी जवाफ आउँछ कि कुनै एक संक्रमित ब्यक्ती नै हो। सायद कोहि कुनै पनि नेपाली गंभीर रुपले संक्रमणको सिकार नभएकोले हिमालै हिमालको काखमा आन्तरिक राजनिती खिचातानी र भ्रष्टचारले थिल्थिलो भएको नेपाली जनजिवन अहिलेसम्म प्रकोप बाहिरै छ।

हाम्रो खानपान, संस्कार संस्कृती र भूगोलको हावापानीले हामिमाथिको पर्यावरण मजबूद हुनाले नेपालीहरुको Immunity Power रोग प्रतिरोधात्मक शक्ति अन्य महादेश र अनेक देशका मानिसहरुभन्दा बलिष्ठ छ अतएव कोरोना संक्रमित नभएका हुन् भन्ने तर्कमा सत्यता नभएपनी आंशिक रुपले आत्मबल उच्च बनाउने बाहना सम्म चाहिँ हुन सक्ला परन्तु संक्रमणले घेराबन्दी गरेर ल्याएको दिन हाम्रो रोग प्रतिरोधात्मक शक्तिले सजिलै हार खानेछ।

यसो किन हो भने कोभिद 19 ले मानवजाती भित्र रगत छुट्याउदैन, राष्ट्रीयताको सिमा रेखा देख्दैन। अझ भन्नू पर्दा नेपालीहरुको शरीर लोहाले बनेको होइन, पन्चतत्वबाट नै सिर्जित हो। एड्स, क्यान्सर, रक्त क्यान्सर पृथ्वीवासी मानवहरुको साझा समस्या बने जस्तै यो कोभिद १९ महामारी पनि हाम्रो साझा दुख हो। आज अत्यन्तै धनी देशहरु कोरोनाबाट हायल कायल मात्र भएका छैनन् भित्र भित्रै निरीह अवस्थामा पुगिसकेका छन्।

चन्द्रमा र मंगल ग्रहमा बस्ती बसाल्ने योजना गरिरहेका देशहरुलाई आज कोरोनाले लुते कुकुरको हालतमा पुर्याइदिएको छ भने नेपाल जस्तो अल्पबिकसित देशले कोभिद १९ लाई ललकार्नु भनेको आत्मदाहका लागि मन्जुरी दिनु बरावर हो। त्यसैले संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउनु बाहेक हामिसंग अन्य उपाय अत्यन्तै न्यून छ। सतर्कता अपनाइ रहंदा ब्यक्तिगत सरसफाइ त महत्वपूर्ण शर्त हो भने भिंडभाडबाट दूर रहनु त्यो भन्दा पहिलो र अनिवार्य शर्त हो कारण यो सरुवा प्राणघातक रोग हो। तपाइलाई कसैले नसारीन्ज्याल यो किटाणु तपाइ हाम्रो शरिरभित्र छिर्दैन।

भिंडभाड्मा नगएपछी सर्ने संभावना त्यतिकै टरेर जान्छ। यस्तो संवेदनशील घडिमा सामूहिक सहभागितामा दिइने परीक्षाहरु या कुनै पनि कक्षा, सभा, गोष्ठिहरु जोखिमको चरम अवस्था हुन्। जब संक्रमण न्यून होला, या त रोकथामका संभावनाले बिजय पाउला तब मात्र थाती र बाकी सामूहिक कर्मकाण्डलाई पुनरुत्थान गर्नु पर्छ।

तसर्थ SEE परिक्षा मिति र कार्यक्रम स्थगित हुंदा रिसाउने साथिभाइले रिस मार्न आफ्नै घुंडा टोके हुन्छ, कसैप्रती प्रतिशोधात्मक झांको झार्नु भनेको अज्ञानताको पराकाष्ट प्रदर्शन गर्दै खोपडिमा गोबर भरिएको उदांगो बिज्ञापन आफैले निर्लज्ज प्रस्तुत गर्नु सरह सिवाय केही होइन। सतर्क भए जित्न सकिन्छ संक्रमणलाई नत्र त यसै भन्न सकिएन। जय नेपाल।

# लेखक तथा साहित्यकार समाजसेवि व्याक्तित्व मोति चामलिङ वि पि अध्ययन प्रतिष्ठान हङकङका अध्यक्ष हुन।

Leave a Reply