Tuesday, March 31, 2020

Home > mophosala > चीनको आर्थिक वृद्धिदर तीन दशककै कम

चीनको आर्थिक वृद्धिदर तीन दशककै कम

एजेन्सी । गत चीनको आर्थिक वृद्धिदर पछिल्ला २९ वर्षमा सबैभन्दा कम भएको छ।

शुक्रबार जारी भएको तथ्यांकअनुसार सन् २०१९ मा चीनको आर्थिक वृद्धिदर १९९० यता सबैभन्दा कम देखिएको हो।

अमेरिकासँगको व्यापार युद्धका कारण विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको आर्थिक वृद्धिदरमा गिरावट आएको हो।

सन् २०१८मा चीनको आर्थिक वृद्धिदर ६.६ प्रतिशत थियो सन् २०१९ मा यो दर ६.१ प्रतिशतमा झरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीका लागि सन् २०२०को दशक कुल ग्राहस्थ उत्पादन र आम्दानीलाई दोब्बर बनाई ‘मध्यम समृद्ध’ राष्ट्र बनाउन महत्वपूर्ण छ।

अर्थशास्त्रीहरू अनुसार उक्त दीर्घकालीन लक्ष्यका लागि वृद्धिदर ६ प्रतिशतको आसपास रहन आवश्यक छ। ६ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि नभए २०२०मा चिनियाँ अर्थतन्त्र झनै खस्किने उनीहरूको चेतावनी छ।

बुधबार भएको चीन र अमेरिकाबीचको पहिलो चरणको सम्झौताले चीनको अर्थव्यवस्थामा सुधार हुने अपेक्षा गरिएको छ। अमेरिकासँगको व्यापार युद्ध मत्थर भए यो वर्ष भने बेइजिङले आफ्नो लक्ष्य भेट्न सक्ने देखिएको छ।

गत वर्ष चीनले ६ देखि ६.५ प्रतिशत वृद्धिदरको लक्ष्य राखेको थियो। यसपाललि भने उसले ६ प्रतिशतको आसपासमात्रै लक्ष्य राख्ने जनाएको छ। चीनले आगामी मार्चमा नयाँ वर्षको आर्थिक वृद्धिदरको लक्ष्य तय गर्नेछ।

‘आउँदो वर्षमा चीनको वृद्धिदर ६ प्रतिशतभन्दा कम हुने अपेक्षा छ,’ सोनी फाइनान्सियल होल्डिङ्स टोकियोका प्रमुख अर्थशास्त्री मासाकी कान्नोले भने,‘चीनको नीतिका कारण अर्थतन्त्रको पतन हुने सम्भावना छैन तर आर्थिक मन्दीको सम्भावना यथावत् रहनेछ।’

 

Leave a Reply