Sunday, March 29, 2020

Home > special_two > सत्यनिरुपण आयोगमा पदाधिकारी बीच गम्भिर विवाद, अध्यक्ष गुरुङ कार्यालय आउदैनन्

सत्यनिरुपण आयोगमा पदाधिकारी बीच गम्भिर विवाद, अध्यक्ष गुरुङ कार्यालय आउदैनन्

काठमाडौं । पदाधिकारीबीचको विवादले सत्यनिरुपण तथा मेलमिलाप आयोगको काम प्रभावित भएको छ। आयोगको म्याद एक वर्ष थपिए पनि अहिलेसम्म आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ नियमित कामकाजमा फर्किएका छैनन्।

गत माघ २७ गतेसरकारले आयोगको म्याद एक वर्ष थप गरेको थियो। आयोगका सदस्यहरुले गोप्य सूचना विभिन्न सञ्चार माध्यममा सार्वजनिक गरेको, व्यक्तिगत चर्चामा आउन विभिन्न क्रियाकलाप गरेको भन्दै गुरुङले असन्तुष्टि जनाउँदै आएका छन्। त्यस्ता सदस्य रहेसम्म काम गर्न नसकिने भन्दै अध्यक्ष गुरुङ काममा नआएको स्रोतले जनाएको छ। आयोगकै पदाधिकारीबीचको विवादले आयोगले थपिएको एक वर्षको समयमा काम गर्नेमा आशंका उत्पन्न भएको छ।

आयोगमा झण्डै ५८ हजार उजुरी परेका छन्। आयोगका सदस्य श्रीकृष्ण सुवेदीले केही दिनमै कार्ययोजना बनाएर अघि बढ्ने जानकारी दिए। द्वन्द्वकालीन घटनाको छानविन गरी दोषीमाथि कारवाहीको सिफारिस गर्न आयोग गठन गरिएको हो। दुई वर्षको समयमा आयोगले उजुरी लिने काम मात्र सम्पन्न गरेको छ।

Leave a Reply