Saturday, March 28, 2020

Home > special_two > लगानी सम्मेलनको तयारी पूरा, सम्मेलन १९ र २० गते काठमाडौंमा

लगानी सम्मेलनको तयारी पूरा, सम्मेलन १९ र २० गते काठमाडौंमा

काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपालका सबै राजनीतिक दलहरुको ध्यान मुलुकको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ केन्द्रित रहेको बताएका छन्। सरकारले यही फागुन १९ र २० गते काठमाडौंमा आयोजना गर्न लागेको नेपाल लगानी सम्मेलनको तयारीका वारेमा वुधवार उद्योग मन्त्रालयकामा आयोजित नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री जोशीले अब मुलुक औद्योगिक क्रान्तितर्फ अघि बढेको बताए।

उद्योग मन्त्रालयले औद्योगिक वातावरण निर्माणका लागि आवश्यक कानूनहरुको समसामयिक सुधार तर्फ लागेको भन्दै मन्त्री जोशीले विदेशी लगानी तथा प्रविधि हस्तातरण सम्वन्धी कानून मन्त्रालयबाट निर्माण भई सरोकारवाला मन्त्रालयबीच अन्तिम छलफलमा रहेको र आगामी लगानी सम्मेलन अगावै मन्त्रिपरिष्बाट स्वीकृत गरेर संसदमामा टेवुल गरिसक्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रस्तावित कानूनले नेपाली लगानीकर्ता सरह विदेशी लगानी कर्तालाई पनि छुट सुविधाहरुको व्यवस्था गरेको भन्दै मन्त्री जोशीले विदेशी लगानीको प्रवेश तथा बहिर्गमनलाई सरलिकृत बनाइएको बताए। छलफल विदेशी कुटनैतिक नियोगका प्रतिनिधिहरुले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको पछिल्लो अवस्थाका वारेमा चासो व्यक्त गरेका थिए। लगानी आकर्षित गर्न औद्योगिक वातावरण जरुरी रहेको भन्दै उनले औद्योगिक वातावरण वन्नका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, वौद्धिक सम्पत्ति सम्वन्धी ऐन र श्रम ऐनमा समसामयिक सुधार आवश्यक रहेको बताए।

Leave a Reply