Saturday, March 28, 2020

Home > special_two > मोर्चासँगको सहमतिअनुसार मुद्दा फिर्ता प्रक्रिया टुंग्याउन गृहमन्त्रीको निर्देशन

मोर्चासँगको सहमतिअनुसार मुद्दा फिर्ता प्रक्रिया टुंग्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले विगतमा मधेसी मोर्चासंग भएको सहमतिअनुसार मुद्दा फिर्ताको प्रक्रिया तत्काल टुंग्याउन सचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका छन्। मंगलबार दिउँसो गृहसचिवसहित तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर मन्त्री निधिले सुरक्षालगायतका विषयमा निर्देशन दिएका हुन्।

गृहमन्त्रीले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न र कानुनी शासनको पालनामा कसैसँग कुनै सम्झौता नगरी दृढतापूर्वक काम गर्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए। हिजोमात्र नयाँ जिम्मेवारीमा पाएका नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई निवर्तमान नेतृत्वले गरेको कामलाई निरन्तरता दिन पनि गृहमन्त्रीले निर्देशन दिए।

सीमा सुरक्षा र आन्तरिक सुरक्षा चुनौतीलाई ध्यानमा राखेर काम गर्न, सुन तस्करी, लागू औषध एवं सामाजिक र आर्थिक अपराध नियन्त्रणमा कडाई गर्न पनि गृहमन्त्री निधिले नयाँ जिम्मेवारी सम्हालेका प्रहरी नेतृत्वलाई निर्देशन दिए। त्यसैगरी गृहमन्त्री निधिले नागरिकता संशोधन सम्बन्धी विधेयक र विपद् व्यवस्थापन सम्बन्धी विधेयक यथाशीघ्र पेश गर्न गृहसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका छन्।

Leave a Reply