Sunday, January 24, 2021
Home > mophosala > कोहलपुरमा प्रहरीले विद्यार्थीमाथि गरेको दमनको बिरोधमा उत्रीयाे ने.वि संघ रुपन्देही

कोहलपुरमा प्रहरीले विद्यार्थीमाथि गरेको दमनको बिरोधमा उत्रीयाे ने.वि संघ रुपन्देही

बुटवल । बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीमाथि गरेको दमनको बिरोधमा नेपाल बिद्यार्थी संघ रुपन्देहीले बुटवलमा विरोध प्रदर्शन गरेको छ । नेविसंघ रुपन्देहीको आयोजना र बिभिन्न क्याम्पसका इकाइहरुको समन्वयमा मंगलबार बुटवलमा उनीहरुले प्रहरी दमनको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले गृहमन्त्री रामबहादुर थापाको समेत राजीनामा मागेका छन् । कार्यक्रममा बोल्दै विद्यार्थी नेताहरु मुक्तिराज पौडेल, जमुना ढकाल, टंक पाण्डे, छाया पोख्रेल, महेश शर्मा लगायतले बोल्दै सरकारले विद्यार्थीमाथि गरेको दमन अक्षम्य भएको बताए ।

उनीहहरुले गृहमन्त्री राजिनामा दे, विद्यार्थी मार्न पाइँदैन, प्रहरी दमन बन्द गर लगायतका प्ले कार्ड बाेकेर नाराबाजी समेत गरेका थिए । सो कार्यक्रममा एम्स कलेज, स्कर्लस होम, कालिका मावि, अक्सफोड कलेज लगायतका विद्यार्थीको बाक्लो सहभागिता रहेको थियो ।

अस्पताललाइबाट सुरु भएको विरोध र्याली बजार परिक्रमा गरी मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै नेविसंघका नेताहरुले सरकारको लाचारीपनका कारण स्कुले विद्यार्थीले पीडा भोग्नुपरेको बताए ।

उनीहरुले सरकारले संविधान विपरित कदम चालेको भन्दै कार्यशैली सच्याउन चेतावनी दिए । आइतबार बिहान ट्रकले ठक्कर दिँदा कक्षा ७ मा अध्ययनरत कोहलपुर—१० की प्रकृति चन्द गम्भीर घाइते छिन् ।

 

Leave a Reply