Sunday, March 29, 2020

Home > special_two > नेपाल प्रहरीमा चन्द र ससस्त्र प्रहरीमा सिंह महानिरीक्षक

नेपाल प्रहरीमा चन्द र ससस्त्र प्रहरीमा सिंह महानिरीक्षक

काठमाडौं । सरकारले डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको छ । त्यसैगरि ससस्त्र प्रहरी बलको महानिरिक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । आइतबार बिहान बसेको बैठकले दुवै प्रहरी फोर्समा नयाँ आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल प्रहरीको २५ औं प्रहरी प्रमुखमा डिआइजी चन्दलाई मन्त्रिपरिषद बैठकले वरिष्ठताक्रम मिच्दै नयाँ प्रहरी प्रमुखमा नियुक्त गरेको हो । सरकारका प्रवक्ता एवम् संचारमन्त्री राम कार्कीले प्रहरी प्रमुखमा डिआइजी चन्द र सशस्त्र प्रहरी बलको प्रमुखमा एआइजी सिहंबहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिए ।

वरिष्ठताक्रममा चन्द नवराज सिलवाल तथा प्रकाश अर्यालपछि तेस्रो नम्बरमा थिए । चन्दले हाल लागुऔषध ब्युरो प्रमुखको जिम्मेवारी सम्हाल्दै आइरहेका छन् । उनी १४ महिना नेपाल प्रहरी प्रमुखका रूपका रुपमा कार्यभार सम्हाल्नेछन् । चन्द विसं २०४४ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । उनी अनुसन्धानमा दख्खल राख्ने प्रहरीमा पर्दछन् । गृहमन्त्री बिमलेन्द्र निधिले कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा चन्दलाई आइजिपीका लागि सिफारिस गरेका हुन् । निधि सिलवालको पक्षमा थिए ।

नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको समय आइतबारबाट सकिँदैछ । यसैगरि मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको प्रमुखमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । सशस्त्र प्रहरी प्रमुखका लागि तीन श्रेष्ठसँगै एआईजी प्रेमबहादुर शाही र प्रकाश ओझा दाबेदार थिए । शसस्त्र प्रहरीका प्रमुख दुर्जकुमार राईको कार्यकाल चैतमा सकिँदैछ ।

Leave a Reply