मकवानपुर १७ मंसिर, नेपाल बिधार्थि संघ कृषि तथा वन बिज्ञान बिश्वबिधालय वन संकाय ईकाइले आफ्नो चौथो अधिबेशनबाट नबराज उपाध्यायको अध्यक्षतामा १५ सदश्यि नया समिति चयन गरेको छ ।
हिजोसम्पन्न अधिबेशनले सर्बसम्मत रुपमा अध्यक्षमा उपाध्यायलाइ चुनेको हो । समितीको बरिष्ठ उपाध्यक्षमा सन्दिप तिमिल्सिना र राधा जोशि तथा उपाध्याक्षमा चन्द्र ब बिष्ट र अस्मिता न्यौपाने रहेका छन भने सचिबमा महेश ओली,कोषाअध्यक्षमा सन्देश घर्ती मगर र सहसचिबमा लक्ष्मि खड्का चयन भएका हुन । त्यसैगरी समितीको सदश्यहरुमा रञ्जन हमाल,निरज लावति,स्वीकृति शर्मा,लक्ष्मण खनाल,आशिष केसि,सुयोग रेग्मी र अनिमा अर्याल चयन भएका छन ।
अधिबेशन उद्धघाटन समारोहमा नेबिसंघ जिल्ला अध्यक्ष राजु खतिवडा,बिधार्थि बिभाग सदश्य पकज ठाकुर,नेबिसघ जिल्ला प्रवक्ता केशब खड्का ,क्षेत्रिय सभापति सुबास सापकोट,मकवानपुर कलेज संयोजक सन्तोष चौलागाई,बबिअ इकाइ अध्यक्ष ललित कुमार खडका लगायत संकायका डिन लगायत प्रध्यापकज्युहरूको सभागिता रहेको थियो ।
उद्धघाटन समारोहमा बोल्दै नेबिसंघ जिल्ला अध्यक्ष राजु खतिवडाले बिधार्थीहरुले शैक्षिक कार्यक्रमहरु सगसगै राजनिति र दर्शन बुझनुपर्ने समय आएको बताउदै अध्ययनलाइ फराकिलो पार्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले नया कमिटिलाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्क्त गरेका थिए ।