Friday, January 15, 2021
Home > special_four > लालिघाट–एयरपोर्ट सडक तत्काल सम्पन्न गर्न माग

लालिघाट–एयरपोर्ट सडक तत्काल सम्पन्न गर्न माग

काठमाडौँ, । कालिकोट जिल्लाको लालिघाटदेखि एयरपोर्टसम्मको बाटो तत्काल सम्पन्न गर्न माग गर्दे कालिकोटबासीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

नेपाली काँग्रेस कालिकोटका नेता भुपेन्द्रजङ्ग शाहीको नेतृत्वमा गएको टोलीले माघ २९ गतेदेखि विमास्थलमा जहाज सञ्चालन हुन लागेको र विमानस्थलबाट लालिघाटसम्म जाने मोटरबाटो नभएको भन्दै तत्काल निर्माण सम्पन्न गर्न माग गरेका हुन् ।
यस्तै कालिकोटका ३० वटै गाविसमा मोटरबाटो पु¥याउनुपर्ने, दैलेख–कालिकोट–जाजरकोट मोटरबाटोलाई उच्च प्राथमिकता दिनुपर्ने, कालिकोट जिल्लाका खोलामा पक्की पुल निर्माण गनुपर्ने माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै मन्त्री लेखकले कर्णालीको विकास निर्माणका लागि उच्च प्राथमिकता दिएको बताउँदै उनले सो सडक निर्माणका लागि सडक विभागलाई तत्काल निर्देशन समेत दिए ।

Leave a Reply