वैतडी । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भूमी राखिएको भन्दै नेपाल भारत सीमानाको वैतडी स्थित झुलाघाटमा विरोध प्रर्दशन भएको छ ।
नेपाल विद्यार्थी संघ वैतडी र तरुण दल वैतडीले नेपाल भारत सिमाना स्थित झुलाघाटमा भब्य बिरोध प्रदर्शन गरेको हो ।
दार्चुलास्थित नेपाली भूमी लिम्फियाधुरा, कालापानी र लिपुलेक भारतले नयाँ नक्सामा समेटिएको भन्दै सीमामा बिरोध गरिएको नेबिसंघ वैतडीका अध्यक्ष कपिल केसीले जानकारी दिय ।
बिरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो जलाईएको तरुण दल बैतडीका प्रवक्ता महेश भट्टले बताय।
भट्टले थप्दै भने राष्ट्रिय स्वाधीनता माथी को हस्तक्षेप सहन सकिँदैन बरु गोलि खान तयार छौ भन्दै सिमानामा बिरोध प्रदर्शन गरिएको उनले बताय ।
सीमानाको झुलाघाट बसपार्कबाट मार्चपास सुरु गरी सीमानाको पुल नजिक बिरोध सभा गरिएको थियो । बिरोध सभालाई सम्बोधन गर्दै तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्टले भारतले नेपालको सोझोपनको फाइदा उठाएको भन्दै तत्काल निर्णय सच्याउनुपर्ने माग समेत गरे।
सीमामा बिरोधका क्रममा भारतीय बिस्तारबाद मुर्दावाद,कालापानी लिपुलेक हाम्रै हो लगायतका नारा लगाइएका थिए ।
नेपाली भूमी भारतले आफ्नो नक्सामा राख्दासमेत सरकार मुकदर्शक बनेको भन्दै सरकारको पनि बिरोध गरेका थिए । यसका साथै भारतले गरेको यस निर्णयप्रति नेपाल सरकारले गम्भिर भएर कुटनितिक रुपमा समस्या समाधान गर्नुपर्ने माग गरेका छन् ।
सांकेतिक रुपमा गरिएको बिरोध प्रर्दशनलाई कमजोर ठानिए ठुलो मूल्य चुकाउनुपर्ने समेत चेतावनी सहित कुडनैतिक पहल तत्काल गर्न आग्रह समेत गरेका छन् ।