Friday, January 15, 2021
Home > special_four > कालिकोट जिल्ला अस्पताललाई ५० शै्याको बनाउन माग गर्दै ज्ञापनपत्र

कालिकोट जिल्ला अस्पताललाई ५० शै्याको बनाउन माग गर्दै ज्ञापनपत्र

काठमाडौँ । कालिकोट जिल्ला अस्पताललाई ५० शै्याको बनाउनमा माग गर्दै कालिकोटबासीले स्वास्थ्यमन्त्री गगनकुमार थापालाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल तरुण दलका महासचिव एवम् काँग्रेस कालिकोटका नेता भुपेन्द्रजङ्ग शाहीको नेतृत्वमा गएको टोलीले स्वास्थ्यमन्त्री थापालाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।

शाहीले कालिकोटमा विशेषज्ञ डाक्टर नहुँदा अकालमा धेरै मानिसले ज्यान गुमाउनुपरेको भन्दै जिल्लामा नै ५० शै्याको अस्पताल माग गरिएको बताए । उनले भने, “ कालिकोटबासी स्वास्थ्य उपचारका लागि नेपालगञ्ज, काठमाडौँलगायतका सहर पुग्नुपरेको र गरिबले स्वास्थ्य उपचार नपाएर मर्नुपरेको छ ।”

ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री थापाले कर्णाली अञ्चल हरेक हिसाबले पछाडि परेको भन्दै कर्णाली र कालिकोटको स्वास्थ्य क्षेत्रको विकासका लागि मन्त्रालय सँधै लाग्ने बताए । उनले भने, “स्वास्थ्य मन्त्रालय प्रतक्ष्य जनतासँग जोडिएको मन्त्रालय हो तपाईँहरुले सामाजिक काम लिएर आउनुभएको छ यसमा म सकारात्मक छु ।” मन्त्री थापाले कालिकोट जिल्ला अस्पताललाई चाँडै नै ५० वेडको अस्पताल बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

Leave a Reply