Friday, January 15, 2021
Home > special_four > राष्ट्रिय अखण्डताविरुद्ध गतिविधि गर्नेलाई छाडा छोड्न सकिन्नः गृहमन्त्री नीधि

राष्ट्रिय अखण्डताविरुद्ध गतिविधि गर्नेलाई छाडा छोड्न सकिन्नः गृहमन्त्री नीधि

जनकपुर । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रिय अखण्डताविरुद्ध गतिविधि गर्नेलाई छाडा छोड्न नमिल्ने र सरकार छाडा पनि नछोड्ने बताएका छन् । तराईलाई टुक्राएर छुट्टै मुलुक बनाउने भनेर गतिविधि गर्दा सरकार टुलुटुलु रहेर नबस्ने उनले बताए ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बल धनुषाको नवनिर्मित भवन उदघाटन समारोहमा मन्त्री निधिले मुलुक सबै नेपालीको साझा फुलवारी भएको भन्दै सदभावलाई विथोल्न खोज्नेलाई सरकारले नछाड्ने बताए । गृहमन्त्री निधिले लोकतन्त्रमा सबैको आ–आफ्नो अघिकारका लागि आवाज उठाउन सरकारले कुनै रोक नलगाउने भन्दै मुलुकलाई नै टुक्राउछु भन्नेलाई सरकारले छाडा नछोड्ने स्पष्ट पारे ।

उनले संविधानमा भएको कमीकमजोरी सच्याउन सरकार तयार रहेको बताए । संविधानमा सबैको अपनत्व गराउन संशोधन विधेयक अघि बढाइएको उनले बताए । जनकपुरको मुजेलियामा रहेको सशस्त्र प्रहरीको कार्यालयमा करिब २ करोड रुपैयाँ खर्च गरेर भवनको निर्माण गरिएको हो । भवन निर्माणसहित वेस क्याम्प स्थापनाका लागि सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

Leave a Reply