Monday, September 23, 2019

Home > special_one > ‘विचार र बहसको राजनीति नरुचाउने कम्युनिष्टहरु हातपातमा उत्रिए’

‘विचार र बहसको राजनीति नरुचाउने कम्युनिष्टहरु हातपातमा उत्रिए’

मकवानपुर । नेपाली काग्रेस मकवानपुर सभापति तथा ३ नं प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बानियाले बाँकेमा काग्रेसको सार्बजनिक कार्यक्रममा नेकपा समर्थित युवाहरुले बाके सभापति किरण कोइराला लगायतलाइ संघातिकरुपमा हमाला गरी घाइते बनाएको घटना प्रति खरो प्रतिकृया दिइएका छन ।

सभापति बानियाले पलपल खबरसग आज अबेर कुरा गर्दै कम्युनिष्टमा बिचार र बहसको राजनितिक नरुचाउने बंशानुगत गुण भएको भन्दै अब काग्रेस चुप नबस्ने बिचार राखे । बानियाले देशको सार्बभौम र सबै क्रान्तीको नेतृत्वकर्ता काग्रेसलाइ कुनै शक्तीले चुनौति दिन नसक्ने भन्दै कम्युनिष्टहरुले बाँकेमा गैर राजनितिक संस्कार प्रदर्शन गरेको तर्क गरे ।

कम्युनिष्टहरु अनेक तवरले काग्रेसको नेतृत्वमा आएको यो ब्यबस्थालाइ नै कमजोर पार्ने खेलमा लागीरहेका भन्दै बानियाले काग्रेससग बेतुकको लप्फाबाजी नगर्न चेतवानी दिए । काग्रेस खहेरे नभएको भन्दै साउने भेलमा मक्ख परेका नेकपाका कार्यकर्ताहरु सरकार र शक्तिको भरमा दादागिरी र डकैतिमा लागेका र यस्को पुष्टी पछिल्ना घटनाहरुले गरेको बानियाको तर्क थियो ।

बाँकेमा भएको घटनाका दोषिलाइ सरकारले उन्मुक्क्ति दिने प्रयास गरे काग्रेसले शसक्क्त प्रतिरोध गर्ने उद्घघोष गरेका बानियाले देशभरीका कार्यकर्तालाइ उच्च मनोवलका साथ गाउबस्तिमा खटिन आह्वान गरे ।

भदौ २४ गते देखि प्रारम्भ भएको काग्रेसको राष्ट्रिय जागरणको दोस्रो चरणको अभियानका क्रममा बिहिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही कार्यकर्ताले बाँकेका कांग्रेस सभापतिसहित पार्टीका दर्जनौँ कार्यकर्ताहरुमाथि सांघातिक आक्रमण गरेका थिए।

यसैबिच नेपाली कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा शुक्रबार पत्रकार सम्मेलन गर्दै दोषीलाई कारबाही नगरे देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ भने पार्टी सभापति शेरबहादुर देउवा शनिवार २८ गते बाँके पुग्दैछन्। ।

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply