Thursday, March 21, 2019
Home > special_four > ढल्यो कांग्रेस कास्कीका खम्बा, पुराना नेता अमरमान सिंह भण्डारीको निधन

ढल्यो कांग्रेस कास्कीका खम्बा, पुराना नेता अमरमान सिंह भण्डारीको निधन

पोखरा । नेपाली कांग्रेसका पुराना नेता अमरमान सिंह भण्डारीको निधन भएका छन् । उनको निमोनियाका कारण ८१ वर्षको उमेरमा निधन भएका हुन् ।

पञ्चायतका कालदेखि नै नेपाली कांग्रेसको राजनीतिमा आवद्ध भई सक्रिय राजनीति गरिरहेका उनी साविक कास्की लामाचौर गाँउ विकास समितिका पूर्व सभापति हुन् ।

भण्डारीको निधनले सिंगो राजनीतिमा अपुरनिय क्षती पुगेको कांग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेले बताइन् । पाण्डेले भने, ‘पार्टीका एक होनाहार कुशल संगठक एवं लोकप्रिय पुराना नेता असल अविभावक हामीले गुमाएका छौँ । कास्की कांग्रेस शोकमग्न छ ।’

उनको पार्थिव शरिरमा शुक्रबार बिहान ८ बजे पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह केसिले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ । त्यसपछि लामाचौर स्थित नर्वदाघाट गोस्तेमा हिन्दुपरम्परा अनुसार दाहसस्कार गरिने कांग्रेसले जनाएको छ । भण्डारीको पार्थिव शरिरमा श्रद्धाञ्जली दिन पार्टीका जिल्ला नेताहरु तथा कार्यकता उनको निवास लामाचौर पुगिसकेका छन् ।

स्व. नेता भण्डारीको श्रीमति र तीन छोरा छन् ।

Leave a Reply